आरएन पटेल, ८ कार्तिक २०८०।
उज्यालो अभियान अंतर्गत वृन्दावनमा नगर प्रमुख कुर्मीद्धारा टावर लाईटको उदघाटन गरिएको छ । उज्यालो वृन्दावन नपा अभियान अन्तर्गत नगर स्तरीय बजेटबाट करिब ७ लाखको लागतमा रौतहटको वृन्दावन नगरपालिका वडा नं.८ मा नगर प्रमुख विनोद प्रसाद कुर्मीले नव निर्मित टावर लाईटको उद्घाटन गर्नु भएको छ ।
“उज्यालो नगर – सबैको रहर” पूरा गर्नुहुँदै नगर प्रमुख कुर्मीले नेपालीहरुको महानचाड शुभ दीपावली तथा लोक आस्थाको महापर्व छठलाई लक्षित गरि नगरलाई उज्यालोमय बनाउने उदेश्यका साथ नगरको विभिन्न वडामा बुधवारदेखी टावर लाइट जडान गराई संचालनमा ल्यायका छन ।

चुनावको बेला आफ्ना जनताहरु लागि गरेको वाचा अनुसार नगर प्रमुख कुर्मीले सो पालिकाको वडा नं.१ देखि ९ सम्मको हरेक चौक,बजार र सार्वजनिक ठाउँमा टावर लाइट जडान गर्ने क्रममा बुधबार सो नगरपालिकाको वडा नं.१,६,७,८ र वडा नं.९ मा समेत टावर लाईटको उद्घाटन गर्नु भएको छ ।

टावर लाइट बले पछि स्थानीय बासीहरु अत्यन्तै हर्षित भएका छन । हरेक वडाको चौक तथा सार्वजनिक ठाउँहरुमा टावर लाइट चाहिन्छ,भनी स्थानीय बासीहरुले पटकपटक आग्रह गर्दै आएको कुराको मध्य नजर गर्दै नगर प्रमुख कुर्मीले सो टावर लाइटको लाइटको उद्घाटन गर्नु भएको छ।

टावर लाइटको आज विधिवत रुपले उद्घाटन भए लगतै स्थानीय बासीहरु खुशी मनाउदै,गाउँमा चारैतिर उज्यालो भएको देखेर आफुहरु अत्यन्तै खुशी महसुस गरिएको बताउदै नगर प्रमुख कुर्मी लाई धन्यवाद व्यक्त गरेका छन्।
सो उद्घाटन कार्यक्रममा वृन्दावन नपाको नगर प्रमुख विनोद प्रसाद कुर्मी,प्रमुख प्रशासकिय अधिकृत रासनरायण पटेल,नगरपालिकाका ईन्जिनियर दिलिप यादव,वडा अध्यक्ष रवीन्द्र प्रसाद साह, कार्यपालिका सदस्य राजेश पासवान(निर्माणी) र वडा सदस्य सुनिता साह लगायत सो वडाका स्थानीय जनसमुदायको समेत उपस्थिति रहेको थियो।
त्यसैगरी टावर लाईट जडान भएको हरेक वडाका स्थानीय जनता अत्यन्तै खुशी व्यक्त गर्दै नगर प्रमुख कुर्मीलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दै खुलेर प्रशंसा गरेका छन ।

Sthaniya News
