आरएन पटेल । कार्तिक ०९ गते ।
गुजरामा जसपाको संगठन बिस्तर अभियान तथा नगर स्तरीय मुस्लिम भेला कार्यक्रम सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपाल गुजरा नगर कार्य समितिको आयोजकत्वमा रौतहटको गुजरा नगरपालिकामा जसपाको संगठन बिस्तार अभियान तथा नगर स्तरीय मुस्लिम भेला कार्यक्रम सम्पन्न भएको हो ।
गुजरा नगरपालिकाको वडा नं.६ खतवहीयामा बिहीबार आयोजना गरिएको उक्त भेलाबाट जयमुल्ला मिया मन्सुरीको अध्यक्षतामा २१ सदस्यीय समाजवादी मुस्लिम नगर कमिटी गठन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सरकारको पुर्व मुख्य मन्त्री मोहम्मद लालबाबु राउत गद्दी, विशिष्ट अतिथि पुर्व मन्त्री गोबिन्द चौधरी, मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी राज्य मन्त्री मा. अब्दुल कलाम आजाद उर्फ फुलबाबु, पुर्व प्रदेश सांसद माननीय रामकिशोर यादव उर्फ किशोरी यादव, जसपा जिल्ला अध्यक्ष श्याम बिहारी यादव, जसपा मधेश प्रदेश सदस्य तथा प्रादेशिक अस्पताल गौरको अध्यक्ष मो.अनवर हाशमी लगायत रौतहट जिल्लाको जसपा नेतागणहरुको सहभागीता तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।