Breaking News
कटहरियाको मेयरकप टी २० को फाइनल खेलमा सिम्रौनगढ टिम विजयी ।

कटहरियाको मेयरकप टी २० को फाइनल खेलमा सिम्रौनगढ टिम विजयी ।

आरएन पटेल । ८ कार्तिक २०८० ।
कटहरियाको मेयर कप टी २० को फाइनल खेलमा सिम्रौनगढ टिम विजयी भएका छन । रौतहटको कटहरिया नगरपालिकाले आयोजना गरेको मेयर कप टी-२० नक आउट क्रिकेट टूर्नामेन्टको फाइनल खेलमा सिम्रौनगढ टिमले जित हाथ परेका छन ।

 

कटहरियाको बालबकैया नदि छेउमा रहेको क्रिकेट मैदानमा सुरु भएको मेयर कप टी-२० प्रतियोगिताको आज बुधवारको फाइनल खेलमा सिम्रौनगढ टिमले ७ रनले बिरगंज टिमलाई पराजित गर्दै ऐतिहासिक जीत हात परेका छन । फाइनल खेलमा बारा जिल्ला सिम्रौनगढ टिम र पर्सा जिल्ला बिरगंज टिम बिच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धाको सुरुवातमा सिम्रौनगढ टिम टॉस जिती ब्याटिंग रोज्दै निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय ३३ रन बनाएका थिए । १ सय ३४ रनको लक्ष्य पाएको बिरगंज टिम निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै जम्मा १ सय २७ रन बनाउदै पराजित हुनु परेको थियो ।

 

टीमलाई जिताउन मात्र १४ वर्ष उमेर रहेका रौतहट जिल्ला बौधिमाई नपा -८ सरमुजवा निवासी स्पिनर बौलर अरविन्द बैठाको अहम योगदान रहेको सिम्रौनगढ टिमका क्यापटेनले बताएका हुन । बॉलर बैठाले आफ्नो कोटाको ५ ओभरमा ४ विकेट लिएर मैन अफ द मैच एवं बेस्ट बॉलर अवार्ड सहित मेडल र नगद पुरस्कार हात परेका छन । त्यस्तै वयाटिंग तर्फ राम्रो प्रदर्शन गर्दै बेस्ट व्याट्स मैन तथा मैन ऑफ द सीरिजका नगद, मेडल तथा सम्पूर्ण पुरस्कार सिम्रौनगढ टिमका आदिल अंसारीले प्राप्त गरेका हुन ।

खेलमा प्रथम हुने सिम्रौनगढ टिमलाई ७१ हजार रुपैयाको चेक सहित प्रथम पुरस्कार शिल्ड तथा टिमका सम्पूर्ण खेलाडीहरुलाई टिका, माला, मेडल लगाई नगर प्रमुख अजय प्रकाश जयसवालले प्रमाणपत्रका साथ सम्मान गरेका हुन । साथै दोस्रो हुने बिरगंज टिमलाई ३५ हजार रुपैयाँको चेक सहित दोस्रो पुरस्कार शिल्ड तथा टिमका सम्पूर्ण खेलाडीहरुलाई टिका, माला, मेडल लगाई नगर उप प्रमुख रीता देवी यादवले प्रमाणपत्र प्रदान गरेकी हुन ।
समापन कार्यक्रमका अध्यक्षता ग्रहण गरेका मेयर अजय प्रकाश जैसवालले जित र हार एउटै सिक्का का दुई पाता हुन बारे प्रस्टयाउदै खेल खेल्नेको मात्र जित अथवा पराजित हुने बताउनु भएको भएको थियो । पराजित भएको टीम पराजित नभएर उप विजेता भएको बताउदै खेलको फाइनल सम्मको यात्रा निकै नै रोचक तथा विभिन्न टिमलाई पराजित गर्दै फाइनल सम्म पुगेकोमा बधाई दिदै अझ राम्रो प्रयास गर्न अभिप्रेरित गर्नु भएको थियो । खेल तथा खेलाड़ीहरुको विकासको लागि आफु एकदमै सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता गर्दै यसै अनुरूप यो टूर्नामेन्टको आयोजना गरिएको बताउनु भएको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*