Breaking News
कलैयामा गोलि प्रहारबाट घाइते बाल एकता बोर्डिङ स्कुलका प्र.अ.को उपचारको क्रममा मृत्यु ।

कलैयामा गोलि प्रहारबाट घाइते बाल एकता बोर्डिङ स्कुलका प्र.अ.को उपचारको क्रममा मृत्यु ।

बारा,कार्तिक १३ गते ।
कलैयामा गोलि प्रहारबाट घाइते बाल एकता बोर्डिङ स्कुलका प्र.अ.को उपचारको क्रममा मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको गोली लागेर मृत्यु भएको छ।

जिल्लाको सदरमुकाम कलैयामा आज दिउँसो मोटरसाइकलमा आएका अज्ञात समूहले ३५ वर्षका सराफमाथि तिन राउण्ड गोली प्रहार गरेर गम्भीर घाइते भएका थिए। घाँटी तथा छातीमा गोली लागेका सर्राफलाई तत्काल उपचारका लागि कलैया अस्पताल पुर्याइएकामा त्यहाँ उपचार सम्भव नभएपछि वीरगंजस्थित बयोधा अस्पताल लगिएको केहि समयमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

बजार क्षेत्रमा मोटरसाइकलमा यात्रा गरिरहेकै बेला सराफमाथि गोली प्रहार भएको हो । घटनास्थल प्रहरी चौकीबाट नजिकै पर्छ । गोली हान्ने व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। साभार:- द मिरर ऑफ सोसाइटी डट कम

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*