रौतहट
चैत्र २३ गते।
रौतहटको सदरमुकाम गौरस्थित राइसमिलको मैदानमा यही चैत २६ गतेदेखि सुरु हुन लागेको रौतहट प्रिमियर लिग (RPL) क्रिकेट प्रतियोगितामा सहभागी हुन आएका चर्चित राष्ट्रिय खेलाडीहरूको भव्य स्वागत गरिएको छ।
तराई टाइगर गरुडा क्रिकेट टिममा आबद्ध नेपाल क्रिकेट टिमका पूर्व सदस्य तथा नेपाल प्रिमियर लिग (NPL) का पहिलो विजेता टिम जनकपुर बोल्ट्सका कप्तान अनिल साह, रवि साह, तिर्तराज, भुलावन सहनी र अरनिको यादवलाई रौतहटको गरुडामा एक विशेष कार्यक्रमबीच स्वागत गरिएको हो।
उनीहरूलाई टिमका मालिक जयसवाल ट्रेडिङ कनसर्नका प्रोप्राइटर शैलेश जयसवाल र ओम ब्रुअरी प्रा. लि.का प्रोप्राइटर आकाश प्रकाश जयसवालले फूलमाला र खादा ओढाएर सम्मान गरेका थिए।
यस वर्षको रौतहट प्रिमियर लिगको टाइटल स्पोन्सर ओम ब्रुअरी प्रा. लि. रहेको छ भने प्रतियोगितालाई विभिन्न स्थानीय व्यवसायिक संस्थाहरूले पनि समर्थन गरेका छन्। तीमध्ये पशुपति ट्रेड लिंक (श्याम जेनरल सप्लायर्स, गरुडा) – प्रोप्राइटर: राम बचन साह, सारस ब्रेब्बेज प्रा. लि. (रेडबुल), ओम इन्टरप्राइजेज, गरुडा – प्रोप्राइटर: उमाशंकर जयसवाल, जान्वी मानवी कोल्ड स्टोर, गरुडा – प्रोप्राइटर: अशोक चौधरी र नमस्ते डेण्टल क्लिनिक, गरुडा – डा. रजनेश चौधरी प्रमुख प्रायोजकका रूपमा रहेका छन्।
रौतहट प्रिमियर लिगको आयोजना स्थानीय युवा खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै राष्ट्रिय खेलाडीहरूसँग सँगै खेल्ने अवसर दिलाउने उद्देश्यले गरिएको आयोजकले जनाएका छन्
