Breaking News
मेयर कौशल्या देवीद्वारा नगर विकासको कार्य विशेष पहल ।

मेयर कौशल्या देवीद्वारा नगर विकासको कार्य विशेष पहल ।

रौतहट, मंसिर २७ गते ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको नगर प्रमुख श्रीमती कौशल्या देवीको बिशेष योजना स्वरुप शिक्षा अन्तरगत यस नगरपालिका काे विशेष पहलमा नगर विकासको कार्यमा तीब्रता आएको देखिएको छ । नगर विकास अन्तर्गत नगरका सम्पूर्ण विद्यालयहरुमा विधालय व्यवस्थापन समिती गठन गरी आवश्यक भौतिक संरचना, थप भवन र अन्य पुर्वाधारहरु वहाले निर्माण गर्नु भएको छ । स्वास्थ सेवा अन्तरगत नगरका आम जनताहरुलाई निकै अप्ठ्यारो र दुखका साथ गरुडा, चपुर, गौर र बिरगंज चेक जाच तथा उपचार गराउन जान-आउन लाई असहज भइ रहेको हुनाले उक्त कार्यलाई पहिलो प्राथमिकतामा राखि नगरवासीहरुको लागी एम्बुलेन्स सेवाकाे व्यवस्था गरिएको छ । साथै नगरपालिकामा १५ सैयाकाे अस्पताल निर्माण कार्य लाई विशेष प्राथमिकतामा राखी निर्माण कार्य तीब्र गतिले अगाडी बढाउनु भएको छ । कृषि तर्फ नगर भरी पोल तारकाे व्यवस्था गरी कृषकहरुलाई कृषि क्षेत्र तर्फ आकर्षित गर्नु भएको छ । शिक्षा स्वास्थ र पुर्वाधार निर्माणमा विशेष जोड दिइ वहाँ नगर भरी ठूल-ठूला नगर स्तरीय योजनाहरुको शिलान्यास गरि निर्माण कार्य सम्पन्न गरेकी छिन । स्वास्थ्य क्षेत्रमा बिशेष ध्यान दिई नगर भित्रमा रहेको अस्पतालहरुको स्तर उन्नति गरिदै बर्थिङ्ग सेन्टरहरुको संख्या बढाउनमा बिषेश जोड दिनुका साथै ल्याब चेक जाँच, डिजिटल भिडियो एक्सरे स्वास्थ बिभाग र मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पहल गरि करिब ५० लाख रकम बराबर लैबका सम्पूर्ण उपकरणहरु ल्याउन सफल भएकोमा सम्पूर्ण नगरवासीहरु हर्षित भएका छ्न।
ईशनाथ नगरपालिकाका नगरवासीहरुले गरेका अपेक्षा प्रति नगर प्रमुख खरा उत्रिएका नगरबासिहरुको भनाई रहेको छ । मेयर कौशल्या देवीले अगामी दिनमा पनि यस्तै शिक्षा ,स्वास्थ कृषि र पूर्वाधार तर्फ का क्षेत्रहरुलाई पहिलो प्राथमिकतामा राखी काम गर्नु हुनेछ भने अपेक्षा यहाका आम जनताले राखेका छन। जनताको आशा र बिश्वास कहिल्यै पनि टुट्न दिदैनौ भन्ने वहाँले प्रतिबद्धता जनाएकी छिन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*