Breaking News
गरुडा नपाका नगरप्रमुख जैसवालद्वारा खेलाडीहरूलाई खेल सामग्री वितरण

गरुडा नपाका नगरप्रमुख जैसवालद्वारा खेलाडीहरूलाई खेल सामग्री वितरण

प्रदीप कुमार दास ।
मंसिर २९ गते , शुक्रबार ।
रौतहटको गरुडा नगरपालिका–५ महम्मदपुरका श्री जय नेपाल युवा क्लबको खेलाडीहरूलाई गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमुनि प्रसाद जैसवालले क्रिकेट सामग्रीहरू वितरण गरेका हुन् । युवा खेलाडीहरूको हौसला तथा उत्साह बढाउन र खेलप्रति युवाहरुको रुचि बढाउन खेल सामग्रीहरू वितरण गरिएको नगर प्रमुख जैसवालले बताएका हुन् । उक्त युवा क्लबले खेल सामग्रीहरू सहयोग गरिदिन सम्बन्धमा निवेदन पेस गरेको केही हप्तामै उक्त क्रिकेट सामग्रीहरू वितरण गरिएको बताइएको हो । हाम्रो नगरको नाम उज्ज्वल बनाउने भविष्यका कर्णधार नै युवा हुन् वहाँहरुको चाहना र आकांक्षाको पूरा गर्न हाम्रो दायित्व रहेको बताएका हुन ।
कार्यक्रममा विभिन्न नेताकार्यकर्ता , वडाध्यक्ष , जिन्सी शाखा प्रमुख मुकेश कुमार साह,पत्रकार लगायत विभिन्न युवा क्रिकेट खेलाडीहरुको सहभागिता रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*