Breaking News
आधारभुत विधालय उचिडिहका प्र.अ. कुशवाहा भ्रष्टाचारमा लिप्त, स्थानियहरुको भनाई ।

आधारभुत विधालय उचिडिहका प्र.अ. कुशवाहा भ्रष्टाचारमा लिप्त, स्थानियहरुको भनाई ।

आरएन पटेल, पौष १० गते ।

श्री आधारभुत विधालय उचिडिहका प्र.अ. कुशवाहा भ्रष्टाचारमा लिप्त रहेको स्थानियहरुले आरोप लगाएका छन । रौतहटकाे देवाही गाेनाही नगरपालिका वडा नं.-७ मा रहेको श्री आधारभुत बिधालय उचिडिहका प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहा विद्यालयमा आर्थिक अनियमिता गरेको तथा विभिन्न बिषयमा भ्रष्टाचार गरेकोले उनका बिरूद्ध स्थानीयबासी तथा राजनीतिकर्मिहरूले पत्रकार सम्मेलन गरि प्र.अ. कुशवाहाले विद्यालयमा चरम भ्रष्टाचार गरेको आरोप लगाएका छन ।

त्यहाका स्थानीय समाजसेवी तथा सामाजिक अभियन्ताहरुको एक समूहले मंगलवार पत्रकार सम्मेलन मार्फत निज प्र.अ. कुशवाहाले २०७६ सालमा बिधालय व्यवस्थापन समितिकाे अवधि सकिय पछि आफु खुशी मनाेमानी पुर्वक आजका मिती सम्म आर्थिक बर्ष ०७६/०७७ / ०७७/०७८/ ०७८/०८९ र चालू आर्थिक बर्ष ०८०/८१ समेतमा कानुन बिपरित बिना दरबन्दीकाे कयौं अबैध शिक्षक नियुक्त गरेको स्थानीय युवा नेता रूपेश पटेलले आराेप लगाएका छन ।
भवन निर्माण , शाैचालय निर्माण , पाठ्यपुस्तक खरिद तथा छात्रवृत्ति बितरण, दिवा खाजा लगाएत अन्य निकासाहरूमा ब्यापक आर्थिक अनियमितता र भ्रष्टाचार गरेको दावी समेत गरेका हुन।
जसकाे उदाहरण चालु आ.ब मै बिगत आ.ब ०७८/०८९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत प्राप्त भवन निर्माणकाे लागि ३६ लाख र नगरपालिकाको नगरकाेषबाट आ.ब.०८०/८१मा ३५ लाख भ्रष्टाचार गर्ने उदेश्यले बि.व्य.स गठन कार्य नगरेको खुलासा गरेका छन । बिधालय भवन निर्माण समिति कुनै निकायबाट निर्माण समिति नबनेको अवस्थामा भवन बन्न लागेको जग्गा बिधालयकाे नाममा नभएको र ब्यक्ति बिशेषकाे नाउमा रहेको जग्गामा भवन बनेमा त्याे भवन समेत ब्यक्तिले कब्जा गर्न सक्ने भएकोले अबिलम्ब उक्त भवन निर्माण कार्य राेक्का गरी नियमअनुसारकाे भवन निर्माण कार्य प्रक्रिया अगाडि बढाउनु हुन अनुरोध समेत गरेका हुन ।
साथै आ.ब.हरूमा नपा मार्फत बिधालयमा भएको निर्माण कार्य ,पाठ्यपुस्तक खरिद , छात्रवृत्ति बितरण ,किताब कर्नर र दिवा खाजामा लगाएतका अन्य शिर्षकमा के कति रकम निकासाका भएको हाे साे काे छानबिन गरी ब्यापक आर्थिक अनियमितता प्र अ कुशवाहाले गरेको आराेप लाएको हाे।
२०७६ साल माघ देखि दर्जनाै नियुक्त प्रक्रिया अब‌ैध भएको छ।
प्र.अ. कुश्वाहाले भ्रष्टाचार गर्ने नियतले अभिभावक भेला न गर्ने बालबिकाश राहत र अनुदान काेटामा गरिएको नियुक्ति बारे छानबिन हाेस। कुनै कर्मचारी नियुक्त भर्ना गर्नु परेमा नियम प्रक्रिया हुन्छ राष्ट्रिय स्तरका पत्रिका या स्थानीय पत्रिकामा सुचना गर्ने नियम भए पनि बिना सुचनाकाे अबैध नियुक्ती गरेकाप्रति स्थानियहरुले विरोध गर्दै नगरपालिकाको प्राशासकीय प्रमुखलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*