Breaking News
मा.उपेन्द्र यादवद्वारा बाराको करैयामाईमा टियर नदिको पुल उद्घाटन।

मा.उपेन्द्र यादवद्वारा बाराको करैयामाईमा टियर नदिको पुल उद्घाटन।

आरएन पटेल, माघ ४ गते ।
माननीय उपेन्द्र यादवद्वारा बाराको करैयामाईमा टियर नदिको पुल उद्घाटन सम्पन्न भएको छ । करैयामाई गाउँपालिका वडा नं. – ८ मा रहेको टियर नदिमा निर्माण भएको पुलको उद्घाटन कार्य बारा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवले गरेका हुन ।
साे गाउँपालिकाको वडा नं-८ ईटहर बेलाहिको बिचमा रहेको टियर नदिमा नया निर्माण भएको पुलको समुद्घाटन भएको हाे।


करैयामाई गाउँपालिका बाराको आयोजनामा भएको उक्त उद्घाटन कार्यक्रमका सभापतित्व गा.पा. अध्यक्ष शम्भु प्रसाद यादवले गर्नु भएको थियोे । प्रदेश सरकार भाैतिक पूर्वाधार बिकाश मन्त्रालय द्वारा निर्मित पुलको बिहीबारका दिन एक कार्यक्रमका बिच प्रमुख अतिथी माननिय यादवले रिबन काटी उद्घाटन गर्नु भएको छ । ग्रामीण भेगका मानिसहरूलाई पुल नभएको बेला आवत जावत गर्न धेरै कठिनाइ भईरहेको समस्या, खास गरि अषाढ़ सावन महिनामा आवात जावत गर्न शास्ति खेपनु परेको समस्यालाई समाधान गर्न तथा क्षेत्र बासिहरुलाई आवत जावत गर्न सहज हुने विश्वासका साथ पुल निर्माण कार्य भएको कार्यक्रमका प्रमुख अतिथि मा.यादवले बताउनु भएको छ ।


कार्यक्रममा विशिस्ट अतिथि मधेश प्रदेश सरकारका मुख्य मन्त्री माननीय सराेज कुमार यादव, पुर्व माननिय प्रमाेद गुप्ता ,रामकिशाेर यादव ,रामबाबु यादव ,क्षेत्र नं २ ‘ख’ का प्रदेश सभा सदस्य बच्चा यादव रहेका थिए ।
कार्यक्रम संचालक पुर्व वडा अध्यक्ष सुरेन्द्र जयसवालले गरेका थिए भने कार्यक्रममा स्थानीयहरू, सुरक्षाकर्मी, राजनीतिकर्मि र पत्रकारहरू सहित हजारौं ब्यक्तिहरूकाे उपस्थिती रहेका थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*