रामानन्द साह, माघ ४ गते ।
सशस्त्र प्रहरी बल देवाहीद्वारा अवैध घरेलू रक्सी (मदिरा) नष्ट गरिएको छ । बिहीबार बिहान ७ बजेको समयमा विभिन्न व्यक्तिहरुले अवैध रुपमा ल्याउदै गरेको घरेलू रक्सी (मदिरा) अन्दाजी ९ हजार मूल्य बराबरको ४५ लिटर मदिरा नष्ट गरिएको हो ।
गौर – चन्द्रपुर सड़क खण्डको मध्यभाग पर्ने गरुडा नगरपालिका वडा नं – १ जयनगर स्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प देवाहीबाट सशस्त्र प्रहरी निरीक्षक सुक बहादुर तामाङ्गको कमाण्डमा खटेको गस्ती टोलीलाई देखेर अवैध रुपमा ल्याउदै गरेको उक्त मदिरा छाडी व्यक्ति फरार भएको थियो । बरामद गरी ल्याएको उक्त अवैध घरेलू रक्सी बिहीबार करिब ४:२० बजेको समयमा बेश क्याम्पको परिसर भित्र खाडलमा पुरी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प देवाहीका प्रहरी निरीक्षक (वेश प्रमुख) सुक बहादुर तामाङ्गले बताएका छन ।
३ ग्यालेन (४५ लिटर) बरामद गरिएको उक्त घरेलू रक्सी (मदिरा) स्थानीय जनप्रतिनिधि देवाही गोनाही नपा ३ का वडा अध्यक्ष संजय प्रसाद पटेल, भरत प्रसाद पटेल, दिपेन्द्र प्रसाद जैसवाल, देवाही गोनाही न.पा. ४ का कमल साह, ई.प्र.का. देवाही गोनाहीका प्रहरी हवलदार अर्जुन कुमार सहनी लगायत पत्रकार रामानन्द साहको रोहबरमा खाडलमा पूरी नष्ट गरिएको वेश क्याम्प देवाहीका सशस्त्र प्रहरी सहायक निरीक्षक संजय कुमार झाले बताए ।
Sthaniya News
