रौतहट, माघ १७ गते ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा बालमन्दिरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा बुधबार समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गौर नगरपालिका वडा नं.–५ मा रहेको श्री आधारभूत विद्यालय बाल मन्दिर गौरमा अध्ययनरत विधार्थीहरुलाई जाडो मौसममा चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सो विद्यालयमा अध्यनरत २३ जना बालबालिकालाई उक्त न्यानो कपड़ा वितरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एलिजा गिरीले जानकारी गराइन् ।
कार्यक्रममा न्यानो कपडा वितरण गर्नुको साथै चिसोबाट बाच्ने उपाय तथा जाडोमा ध्यान दिनुपर्ने कुराहरु बारे पनि विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा श्री आधारभूत विद्यालय बाल मन्दिरका शिक्षक, शिक्षिकाहरु लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
Sthaniya News
