Breaking News
नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि ।

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि ।

असोज ३० गते ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रूपैयाँ बढेको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।
भारतीय आयल कर्पोरेसन आइओसीले पठाएको नयाँ मूल्यसूचीका आधारमा मूल्य बढाइएको निगमले जनाएको छ ।


पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटरको १४८ रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य १५८ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ प्रतिलिटर १५९ रूपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटरको १५१ रूपैयाँ पर्ने बताएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*