रूपेश यादव ।
राैतहट, कार्तिक १६ गते ।
माैलापुर नगरपालिकामा एक स्वास्थ्यकर्मीले आफ्नो ब्यक्तिगत लगानीमा साडि बितरण गरेको छ ।
नगरपालिकाकाे वडा नम्बर १ स्थित कुश्वाहाटाेल निवासी समाजसेवी तथा स्वास्थ्यकर्मी भुपेन्द्र कुश्वाहाले आफ्नो ब्यक्तिगत लगानीमा गाउँका ६७ छठ पर्व ब्रतालु महिलालाई साडि बितरण गरिएको हाे।
आज शुक्रबारका दिन बितरण कार्यक्रममा बाेल्दै कुश्वाहाले सम्मान तथा सहयाेगकाे भावनाले आफू घर घरमा पुगी साडी बितरण गरि साैभाग्य प्राप्त गरेको बताए ।
गाउँका जनप्रतिनिधिहरूले गर्ने कार्य स्वास्थ्यकर्मीले गरेपछि स्थानीय बासीहरुले खुशी ब्यक्त गर्दै सहयोग गर्ने सहयोगीलाई धन्यवाद ज्ञापन समेत गरेका हुन ।
उक्त बितरण कार्यक्रममा गाउँका युवाहरू,बुद्धिजीवी , भद्रभलाद्मी , समाजसेवी , सुरक्षाकर्मी लगाएका ब्यक्तिहरूकाे सहभागीता रहेका थियो ।