Breaking News
माधव नारायण नगरपालिकामा मेयर यादवद्वारा एम्बुलेन्सको उद्घाटन ।

माधव नारायण नगरपालिकामा मेयर यादवद्वारा एम्बुलेन्सको उद्घाटन ।

आरएन पटेल ।
रौतहट, मंसिर ९ गते ।
रौतहटको माधव नारायण नगरपालिकामा मेयर यादवद्वारा एम्बुलेन्सको उद्घाटन गरिएको छ । आइतबार बिहान माधव नारायण नगरपालिका -६ माधोपुर स्थित रहेको गढीमाई मन्दिरको प्राङ्गणमा विधिवत रूपमा पूजाआजा गरी मेयर बैजनाथ प्रसाद यादवले उक्त एम्बुलेन्सको उद्घाटन गरेका हुन ।
नगरवासीको सुविधालाई मध्य नजर गर्दै माधव नारायण नपाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले नगरपालिकामा एम्बुलेन्स खरीद गरि आइतबार देखि नगरपालिकामा नयाँ सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएका छन ।

नगर प्रमुख यादवले गढ़ीमाई मन्दिर माधोपुरमा पूजाआजा गरेपछि एम्बुलेन्स आइतबार देखि सञ्चालनमा आएको छ । नयाँ एम्बुलेन्स सञ्चालन भएपछि अब माधव नारायण नगरवासीलाई निकै सहज भएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*