Breaking News
रौतहटका सक्रिय पत्रकार दासमाथि सांघातिक हमला 

रौतहटका सक्रिय पत्रकार दासमाथि सांघातिक हमला 

पुस-०६/रौतहट ।

शिलादिप अनलाइन  खबरका संचालक तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल,रौतहटका कोषाध्यक्ष प्रदिप दासमाथि संघातिक हमला भएको छ।


जिल्लाको वृन्दावन नगरपालिका वडा नं.६ सिसवा धमौरा गाउँमा अबैध रुपले सञ्चालनमा रहेको घरेलु मदिरा भट्टी

सञ्चालन गरेर समाजमा अनैतिक वातावरण फैलाउदै आएको हेरेर,सो भट्टी बन्द गर्नका लागि भट्टी सञ्चालकलाई सम्झाउन र अनुरोध गर्न जादा भट्टि सञ्चालक नारायण दासका छोरा हिरालाल दास र सोनालाल दास लगायत उनका परिवारका सम्पूर्ण सदस्यहरु मिलेर आफुमाथि आक्रमण गरेको जानकारी दासले दिए ।

दासका अनुसार संचालन हुदै आएको सो अबैध भट्टीका कारणले सामाजमा नकारात्मक असर परिरहेको र सामाजिक सद्भाव बिग्रिरहेकोले आफु पटकपटक अनुरोध गर्दा पनि भट्टी बन्द गर्नुको सट्टा उल्टै भट्टीका सञ्चालकले आफू प्रहरीलाई महिनावारी बुझाउदै आइरहेकोले कुनै पनि हालतमा भट्टी बन्द नगर्ने धाक धम्की लगाउन थालेपछि  सम्झाउदा बुझाउदा आफुमाथि संघातिक हमला तथा कुटपिट गरेको बताए।

दासले अबैध रुपले भट्टी सञ्चालन गरी समाजमा अनैतिक गतिविधि फैलाउदै र सामाजिक सद्भावमाथि खलल पुर्याउदै, सामाजको लागि निरन्तर निष्पक्ष रुपले कलम चलाउदै आएको आफू एउटा सक्रिय पत्रकार भएर सम्झाउन बुझाउन खोज्दा आफुमाथि संघातिक हमला तथा कुटपिट गर्ने दोषीलाई तुरुन्त पक्राउ गरि कडा भन्दा कडा कारबाहीको लागि प्रहरी प्रशासन तथा सम्बन्धीत निकायसंग जोडदार माग गरेका छन्।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*