Breaking News
रौतहटको दुर्गा भगवतीमा नागरिक सुनवाई कार्यक्रम सम्पन्न।

रौतहटको दुर्गा भगवतीमा नागरिक सुनवाई कार्यक्रम सम्पन्न।

चन्दन कुमार महतो।
रौतहट, जेठ १३ गते।
रौतहटको दुर्गा भगवती गाउँपालिकामा जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा आयोजित नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। मंगलवार पालिकाको गंगा पिपरामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्देश्य प्रहरी प्रशासन र नागरिकबीच विश्वासको वातावरण बनाउने तथा जनताका गुनासो, सुझाव र समस्याहरूको प्रत्यक्ष सुनुवाइ गर्नु रहेको थियो। उपस्थित वक्ताहरूले सुरक्षा व्यवस्थामा सुधार, महिला तथा बालबालिकाको सुरक्षा, लागू औषध नियन्त्रण,मल को अभाव,ट्राफिक व्यवस्थापन लगायतका विषयमा आफ्ना धारणा राखेका थिए।

जिल्ला प्रहरी प्रमुखले नागरिकको साथ र सुझावबाट प्रहरीले आफ्नो सेवा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागीहरूमध्ये केहीले प्रहरी सेवाप्रति सन्तोष व्यक्त गरे भने केहीले सुधारको माग पनि राखेका छन।

कार्यक्रममा जिल्ला प्रशासन कार्यलय रौतहटको सहायक जिल्ला अधिकारी,प्रहरी, स्थानीय जनप्रतिनिधि, समाजसेवी,नेता,पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको हो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*