सागर संगम ठाकुर
रौतहट, जेठ १८ गते।
रौतहटकाे देवाही गाेनाही नगरपालिकामा विपद् प्रतिकार्य सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली अन्तर्गत (icimod ) को आर्थिक तथा प्राविधिक सहयोग र माण्डवी नेपालको आयोजना र देवाही गाेनाही नगरपालिकाकाे सहकार्यमा जय किसान बहुप्राबिधिक शिक्षालयकाे सभा हलमा तालिम सम्पन्न गरिएको हो। तालिममा दैवी प्रकोप विशेषतः बाढीबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा प्रशिक्षक घनश्याम श्रेष्ठ र दिपक मराठाले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।

पालिकाकाे प्रत्येक वडाबाट तीन-तीन जना सहभागी भएका पुरुष र महिलाहरुलाई तालिममार्फत समुदायस्तरमा विपद् पूर्वतयारी र तत्कालीन प्रतिक्रिया क्षमताको विकास गर्ने लक्ष्य राखिएको आयोजक संस्थाका प्रमुख रामअज्ञा साहले जानकारी दिए। वर्षायामकाे बेला बाढीबाट मानवीय धनजनको क्षति वा नाेक्सानी हुने गरेकाले त्यस्ता मानवीय क्षतिलाई न्युनीकरण गर्न स्थानीय समुदायकाे कम्तीमा २०,३० जना महिला तथा पुरुषकाे समुहलाई मनसुन पुर्व एक दिने ( water simulation) तालिम प्रदान गरि Rescue गर्न सक्षम प्राबिधिक स्थानीय स्तरमा तयार गरिएको साहले बताउनु भयो । जिल्लाको लालबकैया खाेलामा आएको बाढी र त्यसबाट बाट हुने गरेका क्षति र तालिममा देवाही गाेनाही नगरपालिकाका विपत व्यवस्थापन शखाका प्रमुख ललन साह ,वडा-५ वडा अध्यक्ष उपेन्द्र साह र स्थानीय संचारकर्मीहरुकाे समेत उपस्थिति रहेको थियो ।
Sthaniya News
