चन्दन कूमार महतो
रौतहट, जेष्ठ १३ गते ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं ६ टोल माधोपुरमा सार्वजनिक शौचालय निर्माण कार्यलाई लिएर विवाद उत्पन्न भएको छ। वडाको उत्तरपट्टि रहेको बाटोमा निर्माणाधीन शौचालयप्रति स्थानीय बासिन्दा राजाराम साहले आपत्ति जनाएका छन्।
राजाराम साहका अनुसार सो शौचालय आफनो घरतर्फ आवतजावत गर्ने मुख्य बाटोमा निर्माण भइहेकाले दैनिक आवागमनमा असुविधा सिर्जना हुने भएकोले निर्माण कार्यमा उहाँले आपत्ति जनाएका छन। “वडा अध्यक्षले सार्वजनिक शौचालय बनाउँदै हुनुहुन्छ, तर त्यो मेरो घरतर्फको बाटो हो,” साहले गुनासो गरे।
यस विषयमा वडा कार्यालयले प्रतिक्रिया नदिएको भए पनि स्थान चयनमा स्थानीयको सहमति नलिइएको भन्दै प्रभावित पक्षले सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएका छन्।
स्थानीयबासीहरूले सार्वजनिक शौचालयको आवश्यकता स्वीकार गरे पनि उचित स्थान छनोट र सामुहिक सहमति विना गरिएको निर्माण कार्यप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन ।
Sthaniya News
