Breaking News
पूर्वमन्त्री आफताब आलम रिहाइपछि रौतहटको समग्र राजनीतिक माहोलमा नयाँ उत्साह

पूर्वमन्त्री आफताब आलम रिहाइपछि रौतहटको समग्र राजनीतिक माहोलमा नयाँ उत्साह

आरएन पटेल,राैतहट,१४ गते जेठ ।
रौतहट । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमले अन्ततः न्याय पाएका छन् । वीरगंजस्थित उच्च अदालतको इजलासले चर्चित राजपुर घटनामा आलमलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ । यस फैसलाले न केवल आलमको राजनीतिक जीवनमा पुनः उर्जा भरेको छ, तर रौतहटको समग्र राजनीतिक माहोलमा समेत नयाँ उत्साह ल्याएको छ ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको घटनालाई लिएर आलममाथि गम्भीर आरोप लगाइएको थियो । तर १६ वर्षपछि प्रमाण, साक्ष्य र कानुनी प्रक्रियाको आधारमा अदालतले आलम दोषी नभएको ठहर गरेको छ । यसअघि जिल्ला अदालत रौतहटले उनलाई जन्मकैदको सजाय सुनाएको थियो, जुन फैसलालाई उच्च अदालतले उल्ट्याएको हो ।
प्रारम्भिक अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, र पुनरावेदन सरकारी वकिल कार्यालयले समेत मुद्दा नचल्ने राय दिएका थिए । पूर्वमहान्यायाधिवक्ता यज्ञमूर्ति बन्जाडेले पनि ती प्रमाणहरूलाई अध्ययन गरेर मुद्दा नचल्ने निर्णय गरेका थिए । तर पछि राजनीतिक दवाव र पीडित पक्षको निरन्तर प्रयासका कारण मुद्दा दर्ता गरिएको थियो ।
नेता आलमविरुद्ध तीन वटा मुद्दा – कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुर लगाइएको थियो । तर अदालतमा प्रस्तुत भएका प्रमाणहरूले ती आरोपहरू पुष्टि गर्न नसक्दा उहाँलाई सफाइ दिइएको हो ।
राजनीतिक जीवनमा नयाँ उर्जा
नेता आलमले लामो समय थुनामा बिताउनु परेको पीडा सहे पनि उनले न्यायमाथि विश्वास गुमाएनन् । अदालतको यो फैसला उनका लागि मात्र होइन, देशभर कानुनी प्रक्रियाप्रति आस्था राख्ने सबैका लागि सुखद सन्देश हो ।
उनका समर्थक, पार्टी कार्यकर्ता र आम नागरिकबीच यो फैसलाले आशा र उत्साहको भावना भरिदिएको छ । नेपाली कांग्रेस रौतहटका नेताहरूले यो निर्णयलाई न्यायको जित भनेका छन।
सामाजिक सञ्जालमा समर्थनको लहर
अलमलाई सफाइ दिएपछि सामाजिक सञ्जालमा उनको पक्षमा जनमतको लहर देखिएको छ। धेरैले यो निर्णयलाई “न्यायको पुनःस्थापना” भनी स्वागत गरेका छन ।
मस्तिष्कघात पछि अस्पतालमा भर्ना
रिहाइ लगत्तै आलमलाई मस्तिष्कघात भएको चिकित्सकहरूले पुष्टि गरेका छन् । अहिले उनकाे काठमाडौंमा उपचार भईरहेकाे र हाल उनी खतरामुक्त रहेको बुझिएको छ । उनका समर्थकहरू आलम निकाे भएर राैतहट फर्किने आशमा छन।साभार: स्थानीय पोष्ट साप्ताहिक

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*