Breaking News
मुस्लिम समुदायद्वारा बकर ईद पर्व हर्षोल्लासका साथ मनाइँदै

मुस्लिम समुदायद्वारा बकर ईद पर्व हर्षोल्लासका साथ मनाइँदै

आरएन पटेल, जेठ २३ गते। 
मुस्लिम समुदायले अहिले बकर ईद (ईद-उल-अजहा) पर्व एक अर्कासँग भेटघाट गर्दै, शुभकामना आदानप्रदान गर्दै तथा सामाजिक एकताको सन्देश दिँदै हर्षोल्लासका साथ मनाइरहेका छन् । शनिबारदेखि सुरू भएको बकर ईद पर्व अहिलेसम्म मनाउँदै छन् ।
ईद-उल-अजहा मुस्लिम धर्मावलम्बीहरूको एक प्रमुख धार्मिक पर्व हो, जसलाई “कुर्बानीको पर्व” पनि भनिन्छ। यो पर्व हजरत इब्राहिमले अल्लाहको आदेशमा आफ्ना सुपुत्रलाई बलि दिन तयार भएको धार्मिक इतिहाससँग जोडिएको छ। यस अवसरमा मुस्लिम समुदायले बकरा (खसी, बाख्रा वा गाई) कुर्बानी गरी त्यसको मासु गरीब, आफन्त र छिमेकीसँग बाँड्ने परम्परा रहिआएको छ।
देशका विभिन्न मस्जिद र ईदगाहमा सामूहिक नमाज (प्रार्थना) गरी पर्वको सुरुआत गरिन्छ । नमाजपछि समुदायका सदस्यहरू एक अर्कालाई अङ्कमाल (गले लगाउने परम्परा) गर्दै “ईद मुबारक” भनेर शुभकामना दिइरहेका छन्।
यस अवसरमा राैतहट लगायत देशभरका मुस्लिम बस्तीहरूमा मेलमिलाप, भाइचारा र सहिष्णुताको सन्देश फैलिएको छ। बालबालिका नयाँ लुगा लगाएर रमाइरहेका छन् भने परम्परागत परिकारहरू पकाइँदै, पाहुनाको आतिथ्य सत्कार गरिँदै छ ।

<span;>स्थानीय मुस्लिम अगुवाहरूले सबै नेपालीबीच आपसी सद्भाव र धार्मिक सहिष्णुता अझ बलियो बनोस् भन्ने कामना गरेका छन्। साथै, यस पर्वले समाजमा सहयोग, सद्भाव र समर्पणको भावना झन् प्रगाढ बनाउने विश्वास गरिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*