Breaking News
धरहरीका वडा अध्यक्ष साहद्वारा साउण्ड सर्भिस र खेलकुद समाग्री वितरण

धरहरीका वडा अध्यक्ष साहद्वारा साउण्ड सर्भिस र खेलकुद समाग्री वितरण

सागर संगम ठाकुर, रौतहट,असार २३ गते।

रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीका वडा अध्यक्ष वीरबहादुर साहले धार्मिक आस्था र युवाहरुको खेलप्रतिको चासोलाई सम्मान गर्दै सामग्रीहरु वितरण गरेका छन्। साेमबार एक कार्यक्रमका बिच वडा अध्यक्ष साहले धार्मिक कार्यक्रममा सहयोग हुने उदेश्यले ब्रह्मबाबा राम जानकी मठका पुजारी उपेन्द्र साहलाई साउण्ड सिस्टम (साउण्ड सर्भिस) हस्तान्तरण गर्नुका साथै स्थानीय युवाहरूलाई क्रिकेट खेलकुद सामग्रीहरु प्रदान गरेका हुन्।
आफनै निजि निवासमा आयोजना गरिएको वितरण कार्यक्रममा सम्बाेधन गर्दै अध्यक्ष साहले भन्नुभयो, “समाजको समुचित विकासका लागि धार्मिक क्षेत्रको संरक्षण र युवाहरूको शारीरिक तथा मानसिक विकास दुवै महत्वपूर्ण रहेको बताउनुभयो । सबैको भावना र आवश्यकतालाई ध्यानमा राख्दै यो सामग्री वितरण गरिएको छु उनले भने। सबैकाे धर्म प्रति उतिकै चासो राख्ने वडा अध्यक्ष साहको कार्यलाई लिएर स्थानीयवासीहरूले वडा अध्यक्षको यो कदमलाई सकारात्मक पहलका रूपमा लिँदै प्रशंसा गरेका छन्। साह वडा अध्यक्षमा निर्वाचित भए देखि जनमुखी कार्यहरु गरिदै आएको बुझिएको छ। आर्थिक वर्ष २०८१/८२ काे वडा स्तरीय याेजनाबाट कुल ३२ लाखकाे लागतमा वडा अध्यक्ष साहले गाउँको टाेल-टाेलमा नाला निर्माण देखि लिएर सडक ढलान र ग्रेबलकाे काम संम्पन गराएका छन । वडा अध्यक्ष साहले विभिन्न समयमा वडाबासीकाे लागि गरिदै आएको सहयोगबाट समाजमा मेलमिलाप तथा धार्मिक गतिविधि अझ प्रभावशाली हुने र खेलकुदको माध्यमबाट युवाहरू गलत बाटोमा जानबाट जोगिने अपेक्षा गरिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*