सागर संगम ठाकुर,रौतहट, साउन १९ गते।
रौतहट जिल्लाको शिवनगरमा लागेको सावन साेमवारी महाेत्सव भब्य रुपमा सम्पन्न भएको छ। गरूडा नगरपालिका-५ स्थित प्रसिद्ध पर्यटकीय धार्मिक स्थल शिवनगर महादेव मन्दिरकाे प्राङ्गणमा आयोजना गरिएको तेस्रो सावन सोमारी महोत्सव २०८२ दर्शकहरूकाे उत्साहजनक सहभागितामा सम्पन्न भएको आयाेजकले जनाएको हाे ।

धार्मिक आस्था र सांस्कृतिक विविधतासहित आयोजना भएको यो महाेत्सव २०८० साल देखि प्रत्येक वर्ष लाग्दै आएको छ।गरुडा नगरपालिकाकाे आयोजना र नेपाल तराई सिटि हस्पिटल सुकदेव चौककाे सह- आयोजनामा सम्पन्न भएको महाेत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए। प्रत्येक वर्ष सावन महिनाको सोमबार आयोजना गरिँदै आएको महाेत्सव यस वर्ष असार २० गते देखि शुरु भएको थियो । सावनकाे पहिलो साेमबार महोत्सवको उदघाटन गरूडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले गरेका थिए। उदघाटन कार्यक्रममालाई संम्बाेधन गर्दै शिवनगर महादेव मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न दीर्घकालीन योजना रहेको जानकारी दिनु भयो ।नगर प्रमुख जयसवालले “यस्ता कार्यक्रमहरूले धार्मिक चेतना अभिवृद्धि मात्र होइन, स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउँछन्,” भन्नुभयो ।

महोत्सव यही श्रावण १९ गते सम्पन्न भएको घाेषणा गरिएको छ। समापन समारोह कार्यक्रममा गरूडा नगरपालिका–५ का वडा अध्यक्ष रामबिनोद जयसवाल प्रमुख अतिथि रहनु भएको थिए। समापन कार्यक्रमलाई सम्बाेधन गर्दै वडा अध्यक्ष जयसवालले शिवनगर महादेव मन्दिर र सावन सोमवारि महोत्सवले गर्दा यस क्षेत्रको सांस्कृतिक पहिचानको स्थापित भएको बताउनुभयो । जयसवालका अनुसार यसलाई अझ व्यवस्थित र भव्य बनाउने हाम्रो प्रतिबद्धता छ।रौतहटका चर्चित टिकटक स्टार राजकुमार साहकाे अध्यक्षतामा भएको कार्यक्रममा संयोजनकाे रुपमा रौतहटका चर्चित कामेडियन कलाकार तथा रेडियो स्टार मोहरलाल पटेल (एमएल पटेल)ले गरेका थिए।विशेष सांगीतिक प्रस्तुति र श्रद्धालुको अपार सहभागितामा भएको कार्यक्रममा महोत्सवको मुख्य आकर्षणका रूपमा भारत, बिहारका चर्चित गायक अलवेला अशोक, नेपालका लोकप्रिय मैथिली गायक जागेश ठाकुर,डान्सर तथा माेडेल किरण साह लगायत अन्य कलाकारहरूले दर्शकहरूलाई मनमोहक गितहरुमा प्रस्तुति दिएका थिए। हजारौं श्रद्धालु तथा दर्शकहरूको उपस्थितिले सम्पूर्ण कार्यक्रमलाई जीवंत र उल्लासपूर्ण बनाएको थियो।

यस महोत्सवले रौतहटको धार्मिक र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउँदै धार्मिक पर्यटनको सम्भावनालाई नयाँ उचाइमा पुर्याएको आयोजकहरूले विश्वास व्यक्त गरेका छन् । महोत्सव आयोजक समितिले यस कार्यक्रममार्फत रौतहटको धार्मिक तथा सांस्कृतिक पहिचानलाई सुदृढ गर्दै धार्मिक पर्यटनको सम्भावना थप उजागर भएको विश्वास व्यक्त गरेको छ। आयाेजकले महाेत्सवमा सहयोग पुर्याउने विभिन्न ब्यक्ति सुरक्षाकर्मी र पत्रकारहरुलाई मयाकाे चिन्हाे र गम्छा ओढाएर सम्मान गरिएको थियो ।

Sthaniya News
