रौतहट, असोज ०२ गते ।
रौतहटको गरुडा नगरपालिका-४ गरुडा बजारमा रहेको वंशीराम जयसवाल अनाथालय आधारभूत विद्यालय भवनको उदघाटन कार्य भव्य रुपमा सम्पन्न भएको छ। नवनिर्मित विद्यालय भवनको आज एक कार्यक्रमबीच गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले उदघाटन गर्नुभएको हो।

संघीय सरकार र स्थानीय सरकारको सहकार्यमा निर्माण गरिएको सो भवनले अब विद्यार्थीहरूलाई जीर्ण भवनको जोखिममा पठनपाठन गर्नु पर्ने अवस्थाको अन्त्य गर्ने विश्वास लिइएको छ। भवन निर्माणले शैक्षिक गुणस्तरमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
नगर प्रमुख जयसवालले उद्घाटन कार्यक्रममा बोल्दै वंशीराम जयसवाल अनाथालय गरुडाको ऐतिहासिक र सामाजिक पहिचान बोकेको संस्थाका रूपमा रहेको बताउनु भएको छ । उहाँले यसको संरक्षण र विकासमा स्थानीय समुदाय, सरकारी निकाय र सरोकारवालाहरूको संयुक्त प्रयास आवश्यक रहेको बताए ।
गरुडाको शैक्षिक समृद्धिमा एउटा उदहारणीय योगदान पुर्याउने “यो भवनले विद्यार्थीहरूको सुरक्षित अध्ययनको वातावरण निर्माण गर्ने” नगर प्रमुख जयसवालले बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थीहरू, शिक्षाप्रेमी र अन्य समाजसेवीहरूको उपस्थिति रहेको थियो।
Sthaniya News
