Breaking News
बाराको अमलेखगञ्जमा आतंक मच्चाएको नरभक्षी बाघ नियन्त्रणमा

बाराको अमलेखगञ्जमा आतंक मच्चाएको नरभक्षी बाघ नियन्त्रणमा

बारा, असोज ०३ गते ।
बाराको अमलेखगञ्ज क्षेत्रमा पटक-पटक मानिसलाई आक्रमण गरी ज्यान लिँदै आएको नरभक्षी बाघलाई शुक्रबार बिहान नियन्त्रणमा लिन सफल भएको छ।
बाघ नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना, नेपाल प्रहरी तथा जीतपुरसिमरा उपमहानगरपालिका-२१ का वडाध्यक्ष सुभाष श्रेष्ठ र वडा नं. २२ का वडाध्यक्ष शेखर काजी रुम्बासहितको संयुक्त टोली लामो समयदेखि सक्रिय थियो।
जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित चुरियामाई सामुदायिक बनको आधाभारबाट बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिएका छन ।
राष्ट्रिय प्रकृति संरक्षण कोषबाट खटिएका विज्ञ टिमको सहयोगमा सेना र प्रहरीले ६ वटा हात्तीको सहयोगमा बाघलाई नियन्त्रणमा लिएका हुन ।
स्थानीयवासीमा त्रासको कारण बनेको उक्त बाघलाई नियन्त्रणमा लिन पटक-पटक प्रयास भए पनि सफल हुन सकेको थिएन। तर निरन्तर प्रयासपछि अन्ततः शुक्रबार बिहान हात्तीको सहयोगमा बाघलाई नियन्त्रणमा लिन टोली सफल भएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूले चुरियामाई सामुदायिक वनको ३ ठाउँमा राँगालाई बाँधेर क्यामरा जडान गरेका थिए । क्यामराले राँगोलाई आक्रमण गरेको फोटो कैद गरेपछि डार्ट गरेर बाघ नियन्त्रणमा लिईएको हो ।
यससँगै लामो समयदेखि स्थानीयलाई त्रसित बनाएको समस्या समाधान भएको भन्दै अमलेखगञ्ज क्षेत्रका बासिन्दाले राहतको अनुभव गरेका छन्।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*