Breaking News
गरुडा मेयर कप क्रिकेट टूर्नामेन्ट-२०८२ को फाइनल खेलमा जयनगर बिजयी

गरुडा मेयर कप क्रिकेट टूर्नामेन्ट-२०८२ को फाइनल खेलमा जयनगर बिजयी

स्थानीय न्यूज
गरुडा, मंसिर ०४ गते।
रौतहटको गरुडा नगरपालिकाद्वारा आयोजना गरिएको चौथो संस्करण गरुडा मेयर कप क्रिकेट टूर्नामेन्ट-२०८२ को फाइनल खेल आज अत्यन्तै उत्साहपूर्ण तथा भव्य वातावरणमा सम्पन्न भयो। निर्णायक प्रतिस्पर्धामा गरुडा नगरपालिका-१ जयनगर र गरुडा नगरपालिका-५ महमदपुर बीच रोमाञ्चक भिडन्त भएको थियो।


कडा संघर्षपछि जयनगर क्रिकेट टिमले उत्कृष्ट समन्वय, बलियो बलिङ-ब्याटिङ प्रदर्शन र शान्त नेतृत्वको आधारमा यस वर्षको मेयर कपको उपाधि जित्न सफल भयो। विजेता टिमलाई आकर्षक ट्रफी तथा प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गरुडा नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले दुवै टिमका खेलाडी तथा प्रतिनिधिहरूलाई टिका-माला र मेडल लगाई सम्मान गर्दै खेलकुदले समाजमा एकता, अनुशासन र भाइचाराको भावना बलियो बनाउने बताएका थिए। उहाँले नगरपालिकाले युवाको प्रतिभा विकास र खेल क्षेत्र सुदृढीकरणका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।


स्थानीय दर्शकहरूको विशाल उपस्थितिले खेललाई थप उत्साहपूर्ण बनायो। आयोजकका अनुसार यस वर्षको मेयर कपले गरुडा नगरका युवामा खेलप्रतिको चासो, ऊर्जा र प्रतिस्पर्धात्मक भावना अझै सुदृढ गरेको छ।
सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै आयोजक समिति, खेलाडी तथा समर्थक सबैप्रति कृतज्ञता व्यक्त गरिएको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*