Breaking News
बौधिमाईमा २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वंय सेविका दिवस सम्पन्न

बौधिमाईमा २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वंय सेविका दिवस सम्पन्न

स्थानीय न्यूज
रौतहट, मंसिर १९ गते।                                           रौतहटको बौधिमाई नगरपालिकामा २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वंय सेविका दिवस भव्य रुपमा सम्पन्न भएको छ। पालिकाको स्वास्थ्य शाखाद्वारा “स्वस्थ समुदाय निर्माणमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको महत्वपूर्ण योगदान” भन्ने मूल नारासहित २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस भव्यताको साथ मनाइएको छ।

शुक्रबार नगरपालिकाको वडा नं. ५ कोपवा सामुदायिक भवनमा विशेष कर्यक्रमको आयोजन गरि वडा न.१ देखि ९ सम्मको स्वास्थ्य चौकीको ईन्चार्ज को सहयोगमा महिलाहरूको स्वस्थ्य सेवामा पहुँच वृद्धि, समुदायमा रोगनियन्त्रण तथा जनचेतना अभिवृद्धिमा महिला स्वयंसेविकाहरूले पुर्‍याएको अतुलनीय भूमिकाको उच्च प्रशंसा गर्दै पालिका अन्तर्गत कार्यरत महिला स्वयं सेविकाहरुलाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख तारकेश्वर पटेलले जानकारी गराउनु भएको हो।


कार्यक्रमको अवसरमा पालिका अन्तर्गतका सम्पूर्ण महिला स्वयं सेविकाहरुमा बृहत वकतृत्वकला, अन्तरक्रिया तथा प्रतिस्पर्धात्मक क्रियाकलापमा वडा न ३ का निलम ठाकुरले प्रथम स्थान प्राप्त गरेकि छिन , वाड २ को श्री पति देवि दोस्रो स्थान , वाड ५ को मन्जु देवि त्रितिय स्थान हासिल गरि पुरस्कृत हुनु भएको थिएन । साथै नगर प्रमुख प्रदिप कुमार यादव र उप प्रमुख प्रमिला देवी जयसवालले उपस्थित महिला स्वयं सेविकाहरुलाई दोशाला ओढाएर सम्मान गरिएको हो। कार्यक्रममा पालिका भित्रका सम्पुर्ण स्वास्थ्य चौकी इन्चार्ज,स्वास्थ्यकर्मीहरुको बृहत उपस्थितिले कार्यक्रमलाई सफल बनाउन सहयोग गरेका थिए।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*