Breaking News
चिसो बढेपछि फतुवा विजयपुर नगरपालिकाका सबै विद्यालयमा जाडो बिदा

चिसो बढेपछि फतुवा विजयपुर नगरपालिकाका सबै विद्यालयमा जाडो बिदा

आरएन पटेल, रौतहट, पौष ८ गते।
रौतहटको फतुवा विजयपुर नगरपालिकाले अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूमा जाडो बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाका अनुसार पछिल्ला केही दिनदेखि चिसो अत्यधिक बढ्दै गएकाले विद्यालयमा पठन-पाठन कार्य सञ्चालन गर्न असहज अवस्था सिर्जना भएकोले सो निर्णय गरिएको हो। विशेषगरी बालबालिकाको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नगरपालिकाले यसै पुस ८ गतेको प्रमुखस्तरीय निर्णयअनुसार जाडो बिदा घोषणा गरेको हो।
निर्णयअनुसार पुस ०९ गते बुधबारदेखि पुस ११ गते शुक्रबारसम्म गरेर जम्मा तीन दिन विद्यालयहरू बन्द रहने तथा उक्त बिदा वर्षे बिदाबाट कट्टा हुने नगरपालिकाले स्पष्ट पारेको छ।
नगरपालिकाले अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनलाई यस अवधिमा बालबालिकाको स्वास्थ्यप्रति विशेष ध्यान दिन अनुरोध गर्दै मौसम अनुकूल सुधार आएपछि नियमित पठन-पाठन पुनः सञ्चालन हुने जनाएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*