Breaking News
मौलापुरमा कानु समाज महासंघ नेपालद्वारा जागरण सभा तथा सम्मान समारोह सम्पन्न

मौलापुरमा कानु समाज महासंघ नेपालद्वारा जागरण सभा तथा सम्मान समारोह सम्पन्न

स्थानीय न्यूज, रौतहट, माघ ०३ गते।
रौतहटको मौलापुरमा कानु हलवाई समाज महासंघ नेपालद्वारा जागरण सभा तथा सम्मान समारोह सम्पन्न भएको छ। कानु समाज रौतहटको आयोजकत्वमा शनिबार मौलापुर स्थित पार्क चौकमा उक्त जागरण सभा तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा नेपालसहित भारतको बिहार राज्यबाट आएका जनप्रतिनिधिहरूको ठुलो उपस्थिति रहेको थियो भने हजारौंको संख्यामा कानु समुदायका नागरिकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि कानु हलवाई समाज महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजकुमार साह रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिहरूमा बिहार राज्यका विधायकहरू राधाचरण साह, सतिश कुमार साह, छोटीकुमारी साह तथा नेपाल सरकारको पूर्व मन्त्री ज्वाला साह र बाबुलाल साहको उल्लेखनीय उपस्थिति रहेको थियो।
जागरण सभामा बोल्दै केन्द्रीय अध्यक्ष राजकुमार साहले कानु समाजको संरक्षण, अधिकार र पहिचानका विषयमा गम्भीर बहस आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहसँग सम्बन्धित गर्दै गत १० वर्षदेखि सत्तामा रहँदा कानु समाजप्रति के कस्ता काम भए भन्ने विषयमा स्पष्ट हिसाब किताब सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो।

कार्यक्रममा सम्बोधन गर्दै पूर्व विधायक बाबुलाल साहले कानु समाजलाई अब विभाजन होइन, एकता र संगठनमार्फत अघि बढ्नुपर्ने समय आएको बताउनुभयो। उहाँले शिक्षा, राजनीति, व्यापार र सामाजिक क्षेत्रमा कानु समुदायको सक्रिय सहभागिता बढाउन आफू सदैव प्रतिबद्ध रहने स्पष्ट पार्नुभयो।
बिहार राज्यका विधायकहरूले नेपाल भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई स्मरण गर्दै सीमापार समुदायबीच सहकार्य र एकताको आवश्यकता औंल्याएका थिए।
कार्यक्रमका क्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सभाले कानु समुदायको हकहित, पहिचान र अधिकारका लागि संगठित संघर्ष अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*