Breaking News
श्री बतहु मावि हर्षाहामा विद्यार्थी भर्ना अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु

श्री बतहु मावि हर्षाहामा विद्यार्थी भर्ना अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु

आरएन पटेल,रौतहट, वैशाख १७ गते।
रौतहटको वृन्दावन नगरपालिका अन्तर्गत रहेको श्री बतहु माध्यमिक विद्यालय, हर्षाहाले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन घरदैलो कार्यक्रम सुरु गरेको छ।


विद्यालयको २०८३ बैशाख महिनाको कार्ययोजना अनुसार बुधबार गुजरा नपाको जोगौलिया र देवीपुर टोल मा घरदैलो कार्यक्रम सञ्चालन गरिएको हो। अभियान अन्तर्गत विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूले स्थानीय अभिभावकहरूसँग भेटघाट गर्दै आफ्ना बालबालिकालाई विद्यालयमा नियमित भर्ना गराई गुणस्तरीय शिक्षा दिलाउन आग्रह गरेका हुन।
विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले “सबै बालबालिकाको विद्यालयमा सहभागिता : गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने मूल नारासहित भर्ना अभियान सञ्चालन गरिएको जानकारी दिए। उनले शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित हुन नदिन विद्यालयले घरदैलो कार्यक्रममार्फत अभिभावकलाई सचेतना फैलाउने कार्य गरिरहेको बताए।
कार्यक्रममा अभिभावकहरूले विद्यालयको शैक्षिक वातावरण, अनुशासन तथा गुणस्तरीय शिक्षाप्रति विश्वास व्यक्त गर्दै आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गराउने प्रतिबद्धता जनाएका छन्।


विद्यालय प्रशासनले २०८३/०१/१५ गतेदेखि नयाँ विद्यार्थी भर्ना खुला भएको जानकारी गराउँदै समयमै आफ्ना बालबालिकालाई भर्ना गराई उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्न सम्पूर्ण अभिभावकलाई आग्रह गरेको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*