Breaking News
रौतहट-३ की उम्मेदवार पूनम यादवद्वारा दल त्याग, स्वतन्त्र रूपमा काम गर्ने घोषणा

रौतहट-३ की उम्मेदवार पूनम यादवद्वारा दल त्याग, स्वतन्त्र रूपमा काम गर्ने घोषणा

स्थानियान्यूज,रौतहट, बैशाख १९ गते।
रौतहट निर्वाचन क्षेत्र नं. ३ की संघीय सांसद पदकी उम्मेदवार पूनम यादवले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेकी छन। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै यो कदम हतार, निराशा वा हताशामा नभई गहिरो सोच-विचारपछि लिएको स्पष्ट पारेकी हुन।
यादवले नेपाली कम्युनिष्ट पार्टीसँगको आफ्नो १० वर्षभन्दा लामो राजनीतिक यात्रालाई स्मरण गर्दै इमान्दारितापूर्वक पार्टीमा रहेर काम गरेको बताइन्। तर विभिन्न कारणवश उक्त यात्रा अब टुंगिएको भन्दै उनले आजकै मितिबाट कुनै पनि राजनीतिक दल वा समूहमा संलग्न नहुने घोषणा गरेकी छन्।


अबका दिनमा स्वतन्त्र रूपमा सामाजिक तथा राजनीतिक काममा सक्रिय रहने उनको भनाइ छ। साथै उनले आफ्नो राजनीतिक यात्रामा साथ, माया र हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्। हालै सम्पन्न निर्वाचनमा आफूलाई मत दिने रौतहटक्षेत्र नं. ३ का सम्पूर्ण मतदाताप्रति उनले विशेष धन्यवाद ज्ञापन गरेकी छन्।
गत फागुन २१ गते सम्पन्न संघीय सांसद निर्वाचनमा यादवले नेपाली कम्युनिष्ट पार्टीको ‘पाँचकुने तारा’ चुनाव चिन्हबाट रौतहट-३ बाट उम्मेदवारी दिएकी थिइन्।
उनले आफ्नो सन्देशको अन्त्यमा “तपाईंहरू सबैको जय होस्, नेपालको जय होस्” भन्दै देश र जनताप्रति शुभकामना व्यक्त गरेकी छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*