Breaking News
परोहामा ३५ जना शिक्षकशिक्षिकालाई आँखा स्वास्थ्य सचेतना विशेष प्रशिक्षण तालिम

परोहामा ३५ जना शिक्षकशिक्षिकालाई आँखा स्वास्थ्य सचेतना विशेष प्रशिक्षण तालिम

स्थानियान्यूज,रौतहट, वैशाख १९ गते।
रौतहटको परोहा नगरपालिकामा शिक्षक तथा शिक्षिकाहरूलाई लक्षित गर्दै आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक तथा व्यवहारिक तालिम सम्पन्न गरिएको छ।
नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पताल, पुरेनवाको आयोजनामा तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा ब्रम्ह ज्योति माध्यमिक विद्यालय, लौकाहामा शुक्रबार आयोजित उक्त तालिममा ३५ जना शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो।
तालिममा सहभागीहरूलाई आँखा स्वास्थ्यको महत्व, दृष्टि समस्या पहिचान गर्ने तरिका तथा समयमै उपचार गराउने आवश्यकताबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। गौर आँखा अस्पतालका प्राविधिक टोलीले प्रशिक्षण दिँदै विद्यालय तहबाटै विद्यार्थीहरूमा आँखा स्वास्थ्यप्रति सचेतना फैलाउन शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताए।
आयोजकका अनुसार यस्ता तालिमले विद्यालयस्तरबाटै विद्यार्थीहरूमा आँखा स्वास्थ्यबारे जागरूकता बढाउने, समयमै समस्या पहिचान गर्ने तथा उपचारतर्फ अग्रसर गराउने विश्वास लिइएको छ।
कार्यक्रममा नेत्र अधिकृत विनिता केसरी, आफताव आलम र सत्येन्द्र पाण्डेले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। उनीहरूले प्रारम्भिक चरणमै आँखा सम्बन्धी समस्या पहिचान गर्न सकेमा जटिलता न्यूनीकरण गर्न सकिने उल्लेख गरे।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*