Breaking News
फतुवा विजयपुर-५ श्री आ.वि. सन्तपुरका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण

फतुवा विजयपुर-५ श्री आ.वि. सन्तपुरका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण

स्थानियान्यूज, रौतहट, वैशाख २३ गते।
रौतहटको फतुवा विजयपुर नगरपालिका- ५ स्थित श्री आधारभूत विद्यालय सन्तपुरका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरिएको छ।बुधबार वडा नम्बर–५ का वडा अध्यक्ष महम्मद एजाजको अध्यक्षतामा तथा नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको प्रमुख आतिथ्यमा उक्त वितरण कार्यक्रम सम्पन्न भएको हो।विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमध्ये कक्षा ३ का विद्यार्थीहरूलाई तत्काल पाठ्यपुस्तक वितरण गरिएको छ भने बाँकी कक्षाका विद्यार्थीहरूलाई क्रमशः वितरण गरिने विद्यालयका प्रधानाध्यापक शिवमंगल प्रसाद यादवले जानकारी दिनुभयो।
पाठ्यपुस्तक प्राप्त गर्न विद्यार्थीहरू उत्साहका साथ विद्यालयमा उपस्थित भएको देखिएको छ।उक्त कार्यक्रममा गाउँका जनप्रतिनिधि, भद्रभलादमी, शिक्षाप्रेमी, शिक्षक-शिक्षिका लगायत विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*