दिपेन्द्र जयसवाल,बारा, बैशाख २६ गते। बारा जिल्लाको करैयामाई गाँउपालिका वडा नम्बर ७ मा रहेको श्री जनता माध्यमिक बिधालय उमजनमा करैयामाई गाँउपालिका करैयाको सहयोग र श्री मानव विकास तथा सशक्तिकरण (हुडेक) कलैयाको आयोजनामा जारी ३ दिने गाँउपालिका स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धि सचेतना मुलक तालिम सम्पन भएको छ। 
स्वच्छ खानेपानी तथा,पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत सो तालीम भएको हो। करैयामाई गाँउपालिका वडा नम्बर १ को वडा अध्यक्ष सोनालाल साहको अध्यक्षतामा सम्पन भएको हो। तालिमा सहभागी भई आउनु भएका स्थानियहरु लाई प्रशिक्षण उमेश प्रसाद चौधरी र शम्भु साहले प्रशिक्षण दिनु भएको थियो । तालिममा वडा नम्बर ७ को वडा अध्यक्ष बृज चौधरी जनता माध्यमिक बिधालय उमजनको प्रधानध्यापक रामनाथ चौधरी सहायक प्रधानध्यापक दिन दयाल चौधरी स्थानिय जन प्रतिनिधी समाज सेवी बुद्धिजिवी राजनितिक दलको प्रतिनिधी संञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो। तालिममा महिला र पुरुष गरी ५० जनाको सहभागीता रहेको आयोजकले जनाएको छ।
Sthaniya News
