Breaking News
करैयामाई गा.पा. द्वारा नीति तथा कार्यक्रमका लागी सल्लाह-सुझाव दिन आह्वान

करैयामाई गा.पा. द्वारा नीति तथा कार्यक्रमका लागी सल्लाह-सुझाव दिन आह्वान

दिपेन्द्र जयसवाल, बारा, बैशाख २८ गते।
बारा जिल्लाको करैयामाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियाका लागि सरोकारवालासँग राय तथा सुझाव माग गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र बसोबास गर्ने नगरवासी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्थासंग नीति तथा कार्यक्रम प्रत्यक्ष-अप्रत्यक्ष सरोकार राख्ने सबै पक्षलाई सुझाव पेश गर्न आग्रह गरेको हो।

सूचनाअनुसार आगामी आर्थिक वर्षका लागि आवश्यक नीति, योजना तथा कार्यक्रम समावेश गर्न सम्बन्धित विषय र क्षेत्रका सुझाव जेठ १५ गतेभित्र उपलब्ध गराउन हुन अनुरोध गरिएको छ। सुझाव सल्लाह गाउँपालिकाको इमेल वा पत्रमार्फत पठाउन सकिने जनाइएको छ।
पालिकाले सहभागितामूलक योजना निर्माणलाई प्रभावकारी बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरेको छ। उक्त सूचना प्रमुख प्रशासनिक अधिकृत नागेन्द्र यादव द्वारा जारी गरिएको हो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*