दिपेन्द्र जयसवाल, बारा, बैशाख २७ गते।
बाराको महागढीमाई नगरपालिका बरियारपुरमा जिल्ला वकील कार्यालय बारा कलैयाको आयोजनमा समुदायमा सरकारी वकील १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवको प्रमुख अतिथ्यता र जिल्ला न्यायधिवक्ता शम्भु कुमार बस्नेतको अध्यक्षतामा स्थानिय जन प्रतिनिधी र कर्मचारीहरु बीच नगरपालिकाको सभा हलमा आज अन्तरक्रिया कार्यक्रम सम्पन भएको हो।
सो कार्यक्रममा नगर उप प्रमुख तारा देबी कानु वडा नम्बर ३ को वडा अध्यक्ष उपेन्द्र प्रसाद जयसवाल, वडा नम्बर १० को वडा अध्यक्ष चन्दन कुमार, वडा नम्बर ७ को वडा अध्यक्ष शिवेन्द्र प्रताप सिंह, शिक्षा शाखा प्रमुख रामबिश्वास चौरसिया, संञ्चारकर्मी दिपेन्द्र जयसवाल, प्रशासन शाखाका गणनायक ठाकुर लगायत स्थानिय जन प्रतिनिधीहरु, कार्यपालिका सदस्यहरु, नगरपालिका भित्र रहेका सबै वडाको वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।

Sthaniya News
