काठमाडौं, बैशाख २८ गते।
तोकिएको समय सीमा भित्रै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन। बोर्डले नतिजा केहीबेरपछि वेबसाइट तथा अन्य आधिकारिक माध्यममार्फत हेर्न सकिने जनाएको छ ।
यस वर्षको एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो । सरकारले तोकेको समय भित्रै परीक्षाफल प्रकाशन गर्न परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले यसपटक नतिजा छिटो सार्वजनिक गरिएको बोर्डले जनाएको छ।
Sthaniya News
