Breaking News
नेपाल पत्रकार महासंघद्वारा पत्रकार मण्डलको १३ औ पुण्यतिथिमा मत्सरीमा शाेक सभा

नेपाल पत्रकार महासंघद्वारा पत्रकार मण्डलको १३ औ पुण्यतिथिमा मत्सरीमा शाेक सभा

असोज १७ गते
प्रेमचन्द्र झा । गाैर ।

नेपाल पत्रकार महासंघ राैतहटका पुर्व सचिव रविन्द्र मण्डलको १३औ पुण्य तिथिको अवसरमा शाेक सभाकाे आयोजना गरि श्रदाञ्जली व्यकत गरिएकोछ । दुर्गा भगवति गाउंपालिका वडा नम्बर ३ मत्सरी स्थित पत्रकार मण्डल निवासमा भएको शोक सभामा नेपाल पत्रकार महासंध राैतहटका अध्यक्ष प्रेमचन्द्र झा , पुर्व अध्यक्ष रविन्द्र साह,काेषाध्यक्ष धर्मेन्द्र साह,वरिष्ठ पत्रकार प्रभात कुमार झा,पुर्व उपाध्यक्ष जयप्रकाश प्रसाद यादव,पत्रकार संजय कुमार मिश्र , राकेश कुमार यादव , अभिमन्यु पटेल, अरविन्द यादव , दिपक श्रीवास्तव र हनुमत यादव लगायतका पत्रकारले स्वर्गीय मण्डलको तस्बिरमा फुलमाला चढाई श्रदाञ्जली अर्पण गर्नु भयाे ।

साे अवसरमा स्वर्गीय पत्रकार रविन्द्र मण्डलले राैतहटको पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको ठुलो योगदान सधै स्मरणीय रहने उपस्थित पत्रकारहरुले बताएका छन ।स्वर्गीय मण्डलको यही अशाेज ५ गते प्रदेशिक अस्पताल गाैरमा उपचारको क्रममा मृत्यु भएको थियाे ।माधवनारायण नगरपालिकाका कर्मचारी समेत रहनु भएका मण्डल कार्यालयकाे कामले काठमाण्डाैबाट घर फर्किने क्रममा २०७६ साल साउन ३१ गते गम्भीर घाईते हुनु भएको थियो । सोही बखत देखि उपचार हुने तर सुधार न हुने निकै गम्भीर तथा कष्टकर अवस्थामा जीवन व्यतीत भई रहेको थियो । स्वर्गिय मण्डलको दुई छाेरा , तीन छाेरी र पत्नी हुनु हुन्छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*