बारा । असोज २० गते २०७९
आज बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएको १६ जनामध्ये १४ जनाको सनाखत भएको छ । दुई जनाको सनाखत हुन बाँकी छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका –२२ मा बिहान १० : ३० बजे बस दुर्घटना हुँदा १० जना पुरुष र ६ जना महिला गरी १६ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा जिल्ला बारा कलैया उपमहानगर पालिका २ बस्ने अन्दाजी वर्ष ४० को लिलाराज चौधरी, जिल्ला चितवन खैरेनी नगरपालिका ५ बुडौली बस्ने वर्ष ६३ की नन्दकुमारी पुडासैनी, सोही ठाउँ कालिका नगरपालिका रमाइलो चोक बस्ने शंकर कँडेलको छोरा अन्दाजी वर्ष १४ को सफल कँडेल, जिल्ला पर्सा वीरगन्ज महानगरपालिका १६ बस्ने वर्ष ६५ को सोमप्रसाद चौरसिया, सोही ठाउँ बस्ने वर्ष ३६ कि मन्निदेवी चौरसिया, जिल्ला मकवानपुर हेटौडा उपमहानगर पालिका ७ बस्ने वर्ष ५६ कि शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउँ बस्ने वर्ष १९ कि स्वस्तिका श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।
यसैगरी जिल्ला बारा कलैया उपमहानगर पालिका १० बस्ने वर्ष ३५ कि नाजलिन खातुन, सोही ठाउँकी वर्ष २६ को ईताजत अन्सारी, बाराको जितपुरसिमरा उपमहानगर पालिका २२ बस्ने वर्ष २८ को सुरेश बिक।, जिल्ला ओखलढुङ्गा बस्ने पूर्व प्रहरी नायब निरीक्षक लालबहादुर बोगटी, जिल्ला चितवन खैरेनी नगरपालिका ५ बस्ने वर्ष ३५ को मनोरथ पुडासैनी, जिल्ला गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कँडेल, जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका ५ बस्ने वर्ष ५० को सन्तोषकुमार राय रहेको उहाँले बताउनुभयो ।
मृत्यु भएका २ को हेटौडा अस्पतालमा शव रहेको नामथर वतन खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । दुईमध्ये घटनास्थलमा १० जना र उपचारको क्रममा मकवानपुरको विभिन्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारको लागी ९ जनालाई हेटौडा, ४ जना वीरगन्ज र १९ जनाको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौँडाका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो । साभार – गोरखापत्र अनलाइन
Sthaniya News
