Breaking News
ईशनाथमा समाजवादी युवा संघको शुभकामना आदानप्रदान संगै ११ सदस्यीय नगर कमिटि गठन ।

ईशनाथमा समाजवादी युवा संघको शुभकामना आदानप्रदान संगै ११ सदस्यीय नगर कमिटि गठन ।

आरएन पटेल, कार्तिक २ गते ।
रौतहटको ईशनाथ नगरपालिकामा समाजवादी युवा संघको ११ सदस्यीय नगर कमिटि गठन कार्य सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. २ ओरैया मिठुआवा टोल स्थित रामजानकी धर्मशालामा समाजवादी युवा संघको ईशनाथ नगर कमिटि गठन गरिएको हो ।


जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघ रौतहटको आयोजनामा बिहीबार ईशनाथ नपामा नगर स्तरीय भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम जिल्ला अध्यक्ष पुन प्रताप पटेलको अध्यक्षता सम्पन्न भेला बाट सरोज कुमार गुप्ताको अध्यक्षतामा उक्त ११ सदस्यीय नगर कमिटि गठन गरिएको छ ।


नव गठित समाजवादी युवा संघको ईशनाथ नगर कमिटिको अध्यक्ष सरोज कुमार गुप्ता, उपाध्यक्ष राकेश साह क़ानू, सचिव बिकास साह कानू, स सचिव प्रदिप कुमार, कोषाध्यक्ष बिनोद यादव लगायत ११ सदस्यीय नगर कमिटि गठन गरिएको छ । हिन्दू धर्मावलम्बीहरुको महान पर्व बड़ादशै, शुभ दीपावली एवं आस्थाको पर्व छठ पर्वको शुभ अवसरमा कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालको केन्द्रीय सदस्य तथा राजनीतिक समिति सदस्य एवं पूर्व प्रदेश सभा सदस्य रामकिशोर प्रसाद यादवले नव गठित युवा संघ ईशनाथ नगर कमिटिको सम्पूर्ण पदाधिकारिहरुमा कार्यकाल सफलताको लागि शुभकामना दिनु भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि जसपा नेपालको केन्द्रीय सल्लाहकार विश्वनाथ पटेल, अतिथि प्रदेश सभा सदस्य शोभा देवी साह, पूर्व कृषी राज्य मन्त्री योगेन्द्र राय यादव, जिल्ला अध्यक्ष श्याम बिहारी यादव, प्रदेश सदस्य मो. कलाम, सर्लाही जिल्ला इन्चार्ज रामअशीष राय यादव, केन्द्रीय परिषद सदस्य दिनेश यादव, जिल्ला कोषाध्यक्ष बृज मोहन साह, राज नारायण साह, विद्यार्थी यूनियनको सचिव ललन यादव, जसपा ईशनाथ नगर अध्यक्ष किशोरी यादव लगायत पार्टीका नेता कार्यकर्ता, सञ्चारकर्मी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*