Breaking News
कटहरियामा बड़ादशैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

कटहरियामा बड़ादशैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

आरएन पटेल । कार्तिक १ गते ।
कटहरिया नगरपालिकामा बड़ादशैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व बड़ादशैँ, शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले एक कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।


बुधबारका दिन कटहरीया नगरपालिका -५ कटहरिया स्थित बिवाह मण्डपमा साे कार्यक्रमकाे आयाेजना गरिएको थियाे ।कार्यक्रमको अध्यक्ष समेत रहनु भएका युवा नगर प्रमुख अजय प्रकाश जयसवालले नगरपालिकाको सम्पूर्ण कर्मचारी,जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरुसंग टिका,माला र दोसाला ओढाएर एक आपसमा शुभकामना अदान प्रदान गर्नु भएका छन ।


कार्यक्रममा आफ्नो मन्तबय राख्दै नगर प्रमुख जयसवाल बडादशै, शुभ दिपावली एवं तराईमा बिशेष गरि मनाइने आस्थाको पर्व छठ पर्वकाे अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा पाल्नु हुने सबैलाई स्वागत गर्दै हाम्रा पुर्वजकाल देखि नै यो पर्व मनाईदै आईरहेको बताउदै सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा शुभकामना व्यक्त गर्नु भएको छ । त्यस्तै हाम्रा सम्पुर्ण नगरवासी, देशबासी, बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा सुख शान्ति समृद्धिकाे मंगलमय शुभकामना ब्यक्त गर्दै नगरपालिकाका शिक्षकवर्ग, स्वास्थ्यकर्मी र नगरपालिका भित्रका कर्मचारीहरू र करार सेवाका सबै कर्मचारीहरुलाई २/४ दिन भित्र तलब भत्ता खुवाउने वहाले प्रतिवद्धता गर्नु भएको छ ।
नगर उप प्रमुख रिता देवि यादवले शुभकामना आदान प्रदान कार्यक्रममा आफ्ना बहुमुल्य समय दिएर उपस्थिति हुने सबैमा धन्यवाद प्रकट गर्दै बितिरहेकाे बडादशै तथा आउदै गरेको शुभ दिपावली एवं छठ पर्वकाे सबैमा शुभकामना ब्यक्त गरेकि छिन । कार्यक्रमको सञ्चालन याेजना शाखा प्रमुख रामनरेश राय यादवले गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि कटहरिया नगरपालिकाको नगर उप प्रमुख रीता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह, अतिथि वडा अध्यक्षहरू, शिक्षा संयाेजक अनिल निधि, सह संयाेजक सुरेन्द्र ठाकुर, स्वास्थ्य शाखाका कर्मचारीहरू, नगर भित्रका प्रधानाध्यापकहरू, कार्यपालिका सदस्य मनाेज साह, जिन्सी प्रमुख हरेन्द्र यादव, संताेष साह, प्रहरी प्रशासन, सञ्चारकर्मी लगायत स्थानीयहरूकाे उपस्थिती रहेका थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*