आरएन पटेल । ०५ कार्तिक २०८०
बौधिमाइ नगरपालिका वडा नं.- २ इनर्वामा ब्रहमबाबाको साथै विभिन्न देवी देउताको पूजा भव्यताका साथ सम्पन्न भएको छ । बडादशैको शुभ अवसरमा बिजयादशमीको नवौ दिन महानवमी तिथि सोमवारका दिन धामी झाँकरीद्वारा शुभ साइतमा गाउँका ब्रहम्बाबा, भगवती लगायत विभिन्न देवी देवताको पूजन कार्य पूजा समितिको अध्यक्ष रामजीवन प्रसाद पटेलको अगुवाइमा सभ्य एवं भव्य रुपमा सम्पन्न भएको हो ।
सो अवसरमा पूजा समितिको अध्यक्ष रामजीवन प्रसाद पटेल लगायत सम्पूर्ण गाउँबासिले हर्सोल्लासका साथ ब्रहमबाबा, भगवती तथा विभिन्न देवी देउताको पूजापाठ गरि बली चढाउने कार्य सम्पन्न गरेका छन् । विगतको करिब ५/७ वर्ष देखि गाउँहरुले सानो तीनो पूजा गर्दै आईरहेको अवस्थामा यस वर्ष गाउँका सम्पूर्ण स्थानीयबासीहरुले एक आपसमा छलफल गरि गाउँको ब्रहमबाबा लगायत विभिन्न देवी देउता (बुढीयामाई, राजदेवी माई, सात बहिनी जगदम्बा, ओढौलमाई, टिकुलमाई, डकहिमाई, समयमाई ) को पूजन कार्य सोमबार विधिवत रूपमा पूजा आजा गरि भव्य रुपमा बली दिईएको हो ।
पूजन कार्यमा स्थानीय सम्पूर्ण गाउँबासीले विधिवत रूपमा उपवास बसी पूजापाठ गरि बली दिने कार्य हर्सोल्लासका साथ सम्पन्न गरेका छन् । विगत २०७९ माघ महिनामा देवी देउताको स्थान स्थापना भए सँगै सम्पूर्ण गाउँबासी विभिन्न समस्याहरू खेप्दै आएको गाउँका जानकारहरु बताउँछन्। यसका साथै यस भव्य पूजा तथा बली कार्यले सम्पूर्ण गाउँको भलो हुने जानकारहरुले विश्वास राखेका छन । बली चढाउने कार्यमा एउटा रंगा, एउटा भेड़ा, तीनवटा बोका, दुई पाठी, सात जोड़ी परेवा, एक जोड़ी बंगुर तथा मेवा मिष्ठानको साथै फलफूल लगायत पान कसैलीको चढ़ावा चढाएर पूजा सम्पन्न गरेका छन । जस मध्ये रंगा, भेड़ा र एउटा बोकालाई कान काटेर जिउदो छाड़िएको छ ।
पूजा कार्यमा स्थानीय १३ जनाको पूजा समिति बनाई पूजा कार्य सम्पन्न गरिएको तथा यस कार्यमा अहोरात्र खटेर साथ सहयोग गर्ने समितिका सदस्यगण तथा स्थानीय गाउँबासीहरुलाई पूजा समितिका अध्यक्ष रामजीवन प्रसाद पटेलले धन्यवाद ज्ञापन गरेका छन ।