Breaking News
वृन्दावनमा नगर प्रमुख कुर्मी द्धारा मेयर कप क्रिकेट प्रतियोगिताको उदघाटन ।

वृन्दावनमा नगर प्रमुख कुर्मी द्धारा मेयर कप क्रिकेट प्रतियोगिताको उदघाटन ।

आरएन पटेल। कार्तिक १२ गते ।
वृन्दावनमा नगर प्रमुख कुर्मी द्धारा मेयर कप क्रिकेट प्रतियोगिताको उदघाटन गरिएको छ । रौतहटको वृन्दावन नगरपालिका वडा नं ७ धमौरामा नगर स्तरीय मेयर कप २०८० क्रिकेट प्रतियोगिता आईतवार देखि सुरु भएको छ । वृन्दावन नगरपालिकाको आर्थिक सहयोग तथा वृन्दावन क्रिकेट समिति वृन्दावन ६ रौतहटको आयोजनामा सुरु भएको सो क्रिकेट प्रतियोगिताको उदघाटन नगर प्रमुख विनोद प्रसाद कुर्मीले आज एक कार्यक्रमका विच गरेका हुन ।


वृन्दावन नगरपालिका वडा नं.६ र ७ को रुपा नेपाली पाल मा.वि. धमौराको संयुक्त खेल मैदानमा आयोजित मेयर कप क्रिकेट प्रतियोगिताको उदघाटन नगर प्रमुख कुर्मीले फिता काटी तथा खेलाडीहरुसँग क्रिकेट खेलेर गरेका छन्। करिब एक महिना अर्थात मंसिर ७ गते सम्म चल्ने प्रतियोगिताका प्रथम विजेतालाई नगद रु ५५ हजारको साथै मेडल, ट्रफी र दोश्रो विजेता उप विजेतालाई नगद रु ३५ हजार रुपैयाका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक आशिषराज पटेलले जानकारी दिएका छन ।

कार्यक्रममा बोल्दै वृन्दावन नगरपालिकाका नगर प्रमुख कुर्मीले क्रिकेट खेलको माध्यमले मात्र आफ्नो पालिकालाई न भई सिंगै हाम्रो देशलाई नै चिनाउने माध्यम रहेकोले आफुले पालिकाका स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गरेर अगाडि बढाउने सोचले सो मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गरेको बताउनु भएको छ । नगर प्रमुख कुर्मीले प्रतियोगितामा सहभागी हुने वडा नम्बर १ देखि ९ सम्मकै सम्पूर्ण खेलाडीहरुलाई शान्त र सभ्य तरिकाले खेल खेल्न अनुरोध गर्दै निर्णायक टोलीलाई पनि काखा पाखा नगरी खेल सञ्चालन गर्न गराउन आग्रह गरेका छन । उहाँले अबको २०८१ मा हुने मेयर कप सो नगरपालिकाका वडा नं.९ भुषहामा सञ्चालन गर्ने घोषणा समेत गर्नु भएको छ ।

त्यसैगरी सो नगरपालिकाका निमीत प्रमुख प्रशासकिय अधिकृत रासनरायण पटेलले नगरमा भईरहेको ऐतिहासिक मेयर कप क्रिकेट प्रतियोगिताले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्दै उनीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने बताउनु भएको छ । पटेलले सो प्रतियोगितामा सहभागी भएका सम्पूर्ण टिमलाई अग्रिम बधाई दिदै उनीहरूलाई खेलमा निरन्तरता दिएर अगाडि बढ्न र अन्तर्राष्ट्रिय खेलाडी समेत बनेर देश र पालिकाको नाम रौशन गर्न आग्रह गरे । त्यति मात्र न भइ अधिकृत पटेलले आफ्नो कार्यकालमा सो नगरपालिकामा एउटा राम्रो स्टेडियम बनाउन पहल तथा प्रयास गर्ने आस्वासन समेत दिनु भएको छ ।

उद्घाटन सत्रको कार्यक्रममा वडा नं.१ का वडा अध्यक्ष रामनाथ सहनी, वडा नं.६ का वडाअध्यक्ष मजहर मन्सुर, वडा नं.७ का वडाअध्यक्ष मदन पाल, वडा नं.८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह र वडा नं. ९ का वडा अध्यक्ष प्रवेज आलम, कार्यपालिका सदस्य राजेश पासवान, रामबाबु साह लगायत विभिन्न वडा बाट आएका पार्टी प्रतिनिधि तथा खेलाडी र दर्शकहरुको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*