Breaking News
२१ दिन पछि फतुवा विजयपुर नगरपालिकामा लगाईएकाे ताल्चा खुल्यो ।

२१ दिन पछि फतुवा विजयपुर नगरपालिकामा लगाईएकाे ताल्चा खुल्यो ।

रूपेश यादव
रौतहट, कार्तिक १० गते ।

रौतहटको फतुवा विजयपुर नगरपालिकामा लगाईएकाे ताल्चा खाेलिएकाे छ । शुक्रबार वडा अध्यक्ष राकेश यादव (पप्पु)को नेतृत्वमा गएका वडा अध्यक्षहरुकाे टाेलीले नगरपालिकामा लगाईएकाे ताल्चा खाेलिएकाे हाे । नगरपालिका अन्तरगतका शिक्षक,शिक्षिका, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुले तलबभत्ताकाे माग गर्दै नगरपालिकामा अशाेज १९ गते ताल्चा लगाईएकाे थियोे । नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बया खातुनले कर्मचारीहररूलाई समयमै तलब भता खुवाउन नसके पछि आक्राेशित भई कर्मचारीहरुले नगरपालिकामा ताल्चा लागाएकाे थियो ।


शुक्रबारका दिन नगरपालिकामा लगाईएका ताल्चा खुलेकाे छ।
वडा अध्यक्ष यादव नेतृत्वमा गएका वडा अध्यक्षहरुले आफुहररू छठ भन्दा अघिनै तलबभत्ता खुवाउने प्रतिवध्ता जनाए पछि लगाईएकाे ताल्चा खाेलिएकाे छ ।
बिगत लामो समय देखि बन्द रहेको नगरपालिका ताल्चा खुले पछि अब पुर्ण रुपमा संचालनमा आएको वडा अध्यक्ष राकेश यादव( पप्पु) जानकारी दिनु भयो ।
हामिहरूले कार्यवाहक नगर प्रमुख ज्युलाई पटक पटक आग्रह गरे पनि केही वास्ता न गरि कन आज पनि वहाले हामिहरूकाे कुरा सुन्न समेत न आएको वडा अध्यक्ष
यादवले बताउनु भयाे।
साे ताल्चा प्रहरी , संचारकर्मि, , कर्मचारी , जनप्रतिनिधि र स्थानीयहरूकाे राेहबरमा ताल्चा खुलाईएकाे हाे।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*