Breaking News
ईनर्वा लालबकैया नदीमा डुबेर एक बालिकाको मृत्यु ।

ईनर्वा लालबकैया नदीमा डुबेर एक बालिकाको मृत्यु ।

रौतहट । कार्तिक १६ गते ।
रौतहटको बौधिमाई नपा-२ इनर्वामा लालबकैया नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नं. २ इनर्वा पूर्वारीटोल बस्ने रामभरोस राउत कुर्मीको नातिनि प्रमोद प्रसाद पटेलको अन्दाजी ५ वर्षीया छोरी सलोनी कुमारी पटेलको नदीमा डुबेर मृत्यु भएको हो । उनी घर नजिकै रहेको लालबकैया नदीको किनारमा खेल्न गएको बेला नदीमा नुहाउने क्रममा डुबेकी थिइन् ।

बिहीबार साँझ करिब ५ बजेको समयमा बुबा – आमा खोला पारी खेतमा काम गर्न गएको बेला बालिका साथीहरुसंग नदी किनारमा खेल्न गएको थियो । खेल्ने क्रममा नदीमा नुहाउदै गर्दा गहिरो पानी भएको ठाउँमा पुग्दा डुबेर मृत्यु भएको स्थानियहरुले बताएका छन । स्थानीय चिकित्सकले चेकजाँच गर्दा निज बालिका मृत अवस्थामा फेला परेकी थिइन । घटनास्थलमा पुगेका ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाका टोलीले घटनास्थलको छानबीन गरि मुचुल्का गरेर शव परिक्षणको लागि प्रादेशिक अस्पताल गौर पठाइएको ई.प्र.का. कोपवाका प्रहरी वरिष्ठ नायव निरीक्षक सत्य नारायण घिमिरेले जानकारी दिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*