Breaking News
चन्द्रपुरमा जसपा नेपालको २१ सदस्यीय नगर कमिटि गठन कार्य सम्पन्न ।

चन्द्रपुरमा जसपा नेपालको २१ सदस्यीय नगर कमिटि गठन कार्य सम्पन्न ।

आरएन पटेल ।
रौतहट, असोज ६ गते ।
रौतहटको चन्द्रपुर नगरपालिकामा जसपाको २१ सदस्यीय नगर कमिटि गठन कार्य सम्पन्न भएको छ । नगरपालिकाको चपुर बजार स्थित हिमालयन होटलको सभा हलमा जसपा नेपालको चन्द्रपुर नगर कमिटि गठन गरिएको हो ।

मन-मनमा जसपा, घर-घरमा जसपा नाराका साथ जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्य समितिको आयोजनामा चपुरमा आइतबार नगर स्तरीय अगुवा कार्यकर्ता भेला एवं संगठन विस्तार अभियान कार्यक्रम जिल्ला अध्यक्ष श्याम बिहारी राय यादवको अध्यक्षतामा सम्पन्न भेलाबाट फुलचन राईको अध्यक्षतामा जसपा नेपाल चन्द्रपुर नपाको उक्त २१ सदस्यीय नगर कमिटि गठन गरिएको हो ।

नव गठित जसपा नेपालको चन्द्रपुर नगर कमिटिको अध्यक्षमा फुलचन राई, उपाध्यक्ष राम एकबाल साह, आशिष कुशुबार, रन्जित राय यादव, सचिव आशिष लामा, सह सचिव कुमार आचार्य, विष्णु कुमारी माझी, कोषाध्यक्ष अन्जु चौधरी र सदस्यमा सुकुनी राई, राम कुमार चौधरी, बच्चेलाल माझी, केशव चौधरी, संजय पसवान, बलिराम सहनि, सिता कुस्बार, देवधारी राय, नन्दलाल साह, जंगली राम, बैधनाथ राम, राजेश साह, देबकाला साबा सहित २१ सदस्यीय नगर कमिटी सर्व सहमतिले गठन गरिएको छ ।

नव गठित चन्द्रपुर नगर कमिटिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुमा आउदै गरेको हिन्दू धर्मावलम्बीहरुको महान पर्व बिजयादशमी, शुभ दीपावली एवं छठ पर्वको शुभ अवसरमा कार्यक्रमका अध्यक्ष जसपा नेपालको रौतहट जिल्ला अध्यक्ष श्यामबिहारी राय यादवले कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको छ ।

नगर स्तरीय अगुवा कार्यकर्ता भेला एवं संगठन विस्तार अभियान कार्यक्रम अन्तर्गत यस नगर कमिटी गठन कार्यको मूल उद्देश्य जनतासँग निकट रही पार्टीलाई अझै सशक्त र संगठनलाई बलियो बनाउने रहेको साथै संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने उद्देश्य रहेको उनले बताए । साथै नव गठित यस नगर कमिटिले पार्टी प्रतिको लगनशीलता एवं थप ऊर्जा प्रदान हुने तथा भविष्यमा पार्टीलाई उचाइमा पुर्‍याउने अपेक्षा गरिएको कार्यक्रमका अध्यक्ष यादवले बताएका छन ।

कार्यक्रममा प्रदेश सरकारको पूर्व राज्यमंत्री एवं जसपा नेपालको केन्द्रीय सदस्य मो. अब्दुल कलाम आजाद उर्फ फूलबाबू, प्रदेश सभा सदस्य शोभा देवी साह, प्रदेश कमिटी सदस्य बिजय चौधरी, पुनीत राम, जिल्ला कार्य समितिका सदस्य प्रवेज आलम, रामजोधी यादव, समाजवादी खेलकुद महासंघका अध्यक्ष आशीष लामा लगायत नगर कमिटिका सदस्यगण, सञ्चारकर्मी तथा नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*