रामानन्द साह ।
असोज २२ गते ।
श्री बाबा बैजुनाथ सुगर मिल्स डुमरियाका उखु किसानले अनुदान रकम पाउने निश्चित भएको छ । उखु किसानहरुले सरकारबाट रु ७० रूपैयाका दरले पाउने अनुदान रकम श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स इंडस्ट्रीज प्रा लि डुमरियाले बैंक खाता मार्फत किसानहरुलाई भुक्तानी गरेको हो ।
मिल्समा क्रसिंग सिजन २०८०/०८१ मा उखु चलाएका किसानहरुलाई यस वर्षको अनुदान रकम भुक्तानी गर्न मिल्सले पहल गर्दै आज बैंक खाता मार्फत यस आर्थिक वर्षमा उखु चलाएका सम्पूर्ण किसानहरुको अनुदान रकम भुक्तानी गरेका छन ।
श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स इंडस्ट्रीज प्रा लि डुमरियामा आर्थिक वर्ष २०८०/०८१ मा उखु चलाएका कुल ३ हजार ९ सय ६५ किसानहरुको जम्मा १२ लाख ५० हजार ७ सय ७७ क्विंटल उखुको अनुदान रकम रु ७० रूपैयाका दरले करिब ८ करोड़ ७५ लाख रूपैया यस मिल्सका सम्पूर्ण उखु किसानहरुको बैंक खाता पठाई सकेको मिल्सका उखु महा प्रबन्धक सियाराम साहले जानकारी गराउनु भएको छ । साथै प्रत्येक किसानहरुको बैंक खातामा भुक्तानी सकेको रकम जाँचबुझ गर्न तथा सम्बन्धित बैंकमा पुगेर यकीन गर्न उहाँले सम्पूर्ण उखु किसानहरुलाई अनुरोध समेत गरेका छन।