रूपेश यादव।
रौतहट,असाेज २७ गते ।
राैतहट जिल्लाकाे उतरी भेगमा रहेको फतुवा बिजयपुर नगरपालिकामा क्रिकेट टुर्नामेन्ट खेलकाे सुरू भएको छ।
साे नगरपालिकाकाे वडा नम्बर ४ मा रहेको टेंग्राहामा उक्त खेलकाे उद्घाटन भएको हाे।
बारा जिल्लाकाे सिमाना संग जाेडिएकाे अरूवा नदिकाे किनार भन्दा पुर्व पेटभर्वा देखि दक्षिण र टेंग्राहा देखि पश्चिम बालुवा टाेल नजिकै फिल्डमा उक्त खेल सुरू गरेका छन।
गाउँका केहि सहयोगी मनका धनीहरूकाे आर्थिक सहयोगमा तथा युवा खेलाडीहरूकाे समन्वयमा साे खेलकाे आयाेजना गरिएको छ।
आईतवारका दिन एक कार्यक्रमका बिच साेही गाउँकाे राष्ट्रसेवक कर्मचारी तथा मालपोत कार्यालय बिरगंजमा कार्यरत नायब सुब्बा बालकुमार यादव ( बिशाल )ले खेललाई सभय र भब्य बनाउन रिबन काटेर उद्घाटन गरिएकाे हाे।उद्घाटन गर्ने क्रममा बाेल्दै नायब सुब्बा यादवले आफ्नाे गाउँका युवाहरूले यस्तो खेल प्रति चासो देखाउनु भनेको हामीशरूकाे शिर माथि राखने कार्य गरेकाे हाे ।
साथै आफ्नो गाउँका युवाहरुकाे मनाेबल बढाउन आफु सक्दाे जुनसुकै समयमा सहयोग गर्ने वहाले बताउनु भयाे।
यस्ता कार्यक्रम सञ्चालन भए संगै आफुहरू लाई अगाडि बढाउन सहयाेग गर्ने सम्पूर्णमा खेलाडीहरूले धन्यवाद ज्ञापन समेत गरेका हुन ।
आज भएको खेलमा चार ओटै टिम टेंग्राहाकै एक आपसमा खेल्नु भएको छ , जस मध्ये बाैधिमाई टिम र राजदेवि टिम बिच एकसाथ प्रतिस्पर्धा भएको थियो भने अर्को वडा कार्यलय टिम र माध्यमिक टिम बिच प्रतस्पर्धा पश्चात् वडा कार्यालय टिम र राजदेवी द्वय टिमले जित हात पारेका थियोे ।
उद्घाटन कार्यक्रममा गाउँका भद्रभलामी, समाजसेवी सञ्चारकर्मी , सुरक्षाकर्मी लगाएतका ब्यक्तिहरूकाे सहभागीता रहेका थियो ।