Breaking News
रौतहटको गढ़ीमाई–८ को वडा अध्यक्षमा नेकपा एस का बजरंगी यादव बिजयी ।

रौतहटको गढ़ीमाई–८ को वडा अध्यक्षमा नेकपा एस का बजरंगी यादव बिजयी ।

आरएन पटेल ।
मंसिर १७ गते ।
रौतहटको गढ़ीमाई – ८ को वडा अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । जिल्लाको गढ़ीमाई नगरपालिका वडा नं. ८ बिरनगरामा वडा अध्यक्ष पदको लागि भएको उप निर्वाचनमा समाजवादीका बजरंगी प्रसाद यादव उर्फ ( प्रमोद यादव ) ६५५ मतसहित वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जिउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । यसैगरी नेपाली कांग्रेसका सुबोध कुमार यादवले ६१७ र जसपाका सन्देश प्रसाद यादजले २५८ मत प्राप्त गरेका छन ।

यस भन्दा अगाडि २०७९ को निर्वाचनमा यो वडामा जनता समाजवादी पार्टी, नेपालका रामाज्ञा राय यादव वडा अध्यक्ष पदमा जितेका थिए । त्यसबेला एकीकृत समाजवादीका बजरंगी यादव तेस्रो भएका थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*