आरएन पटेल ।
रौतहट, पौष ९ गते ।
समाजवादी युवा संघ नेपालद्वारा रौतहटका सीडीओलाई ज्ञापनपत्र बुझाइयो छ । नेपाल प्रिमियर लिगको फाइनल खेलमा त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा जनकपुर बोल्ट्सको समर्थकमाथि भएको कुटपिट तथा अभद्र व्यवहार प्रति ध्यानाकर्षण गराउन रौतहटका प्रमुख जिल्ला अधिकारीलाई समाजवादी युवा संघ नेपाल रौतहटका अध्यक्ष पुनप्रताप पटेलको अगुवाईमा ज्ञापनपत्र बुझाईएको हो ।
पटक पटक मधेसी समुदाय माथि निरंकुशता देखाउने, मधेशीको पहिचान,मान,स्वाभिमान माथि आच पुर्याउने,मधेशीलाई दमन गर्ने गरेको हुनाले नेपालकै दुबै टीम बीच भएको एनपीएलको फाइनल खेलमा मधेशीलाई हेप्ने कार्य गरेको विरोधमा मंगलवार रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएईको हो ।
“नेपालमा हुदै गरेको NPL खेलको समयमा, सम्प्रदायिक रूपले मधेशी समुदाय र युवाहरूलाई लक्षित गर्दै अपमान जनक शब्द र कार्यहरू गरिएको तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा एवं सामाजिक संजालमा व्यापक नश्लियता र समप्रदायिक घटनाहरू देखियो। एनपीएलको अन्तिम खेल ६ गते भएको जनकपुर बोल्टस र सुदुरपश्चिम रोयलस विचको फाइनल खेल सकिएर जनकपुर बोल्टस विजय भएपश्चात रंगशालामा उपस्थित मधेशी युवा पुरूष र महिलाहरूलाई लक्षित गर्दै अपमान जनक तरिकाले हेप्दै गालीगलौच सम्म गरिएको भेटियो, साथै त्रि. वि. को गेटमा एवं भित्र र रंगशाला वरिपरी पहाडी समुदायका युवाहरूद्वारा निर्घात कुटपिट गरिएको पनि भेटियो। कसैको टाउको फुटाले, भने कसैलाई सड़कमा पिट्दै लखेटदै, महिलासंग झण्डा छिन्ने र गाली गलौज समेत गरेको घटना बारे ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यस्ता कार्य असहय र अपराधिक रहेकाले सम्लग्न व्यक्ति समुहहरूलाई सविधान र कानून अनुरूप कारवाही हुनै पर्छ, नश्लिय सोच र सम्प्रदायिक मानसिकतालाई निर्मुल पार्न र सबैको सम्मान र स्वभिमानको रक्षा गर्नु दायित्व नेपाल सरकारको हो। तसर्थ विगत केहि दिन देखि भएका / गरिएका नश्लिय व्यवहार र सम्प्रदायिक कार्यको घोर निन्दा गर्दै हामी युवाहरू सो घटना र कार्य गर्नेहरूलाई कानुनको दायरामा ल्याई कारवाहीको माग गर्दै जिल्ला प्रसाशन कार्यालयमा निवेदन सहितको ज्ञापन पत्र बुझाएका छन ।
यस विषयमा गम्भिर भएर सरकार र प्रशासनले ध्यान दिदै यसलाई कारवाही अगाडि बढाउनेमा विश्वास व्यक्त गर्दछौ। तर, यस विषयलाई गम्भिरता पुर्वक लिइएन भने यो विषयले अगामि दिनमा गम्भिर अवस्था लिन सक्नेछ भनि अवगत पनि गराउन चाहन्छौ । हामी मधेशका युवाहरू आफु र आफ्नो समाजप्रति देखाइएको शैली, सोच र कार्य विरूद्ध हरेक सम्भव संघर्ष गर्न बाध्य हुनेछौ र यस परिस्थतिको जिम्मेवार नेपाल सरकार र प्रशासन हुनेछ भनि” ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
साथै ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा गृह मन्त्रालय, काठमाण्डौलाई समेत बोधार्थ गरिएको समाजवादी युवा संघ नेपाल रौतहटका अध्यक्ष पुनप्रताप पटेलले बताएका छन। कार्यक्रममा युवा संघ नेपालका जिल्ला इंचार्ज संजीव कुमार यादव, उपाध्यक्ष अजय यादव, अखलेश कुमार यादव लगायत युवा संघका जिल्ला कार्य समितिका सदस्यगण, जसपा नेपालका नेतागण सहितको उपस्थिति रहेको थियो ।
जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको फाइनल खेलमा जनकपुरका केही समर्थकमाथि अभद्र व्यवहार भएकोमा अहिले सम्म सर्वत्र आलोचना भइरहेको छ ।