Breaking News
बौधीमाईका मेयर प्रदिप यादवको भ्रष्टाचार र कर्तुतबारे सरमुजवामा पत्रकार सम्मेलन।

बौधीमाईका मेयर प्रदिप यादवको भ्रष्टाचार र कर्तुतबारे सरमुजवामा पत्रकार सम्मेलन।

आरएन पटेल।
रौतहट,माघ ४ गते।
बौधीमाई नगरपालिकाका मेयर प्रदिप यादवको भ्रष्टाचार र कर्तुतबारे सरमुजवामा पत्रकार सम्मेलन सम्पन्न भएको छ। जिल्लाको बौधीमाई नगरपालिका वडा नं. ८ र ९ सरमुजवाका आम जनताद्वारा आयोजित पत्रकार सम्मेलनमा बौधिमाई नगरपालिकाको मेयर प्रदिप यादवले हालसम्म गरेको भ्रष्टाचार र कर्तुतबारे चर्चा गरिएको हो।

पत्रकार सम्मेलनमा नगर प्रमुख प्रदिप कुमार यादवमाथि आम जनता पार्टीका महासचिव अमर साह (त्रिभुवन साह)ले विभिन्न भ्रष्टाचार सहित सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको गम्भीर आरोप लगाइएका हुन।नगर प्रमुख यादव सामाजिक सञ्जालमार्फत दिएको गोली मार्ने धम्कीको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै यसलाई कानुनी प्रक्रियामा लैजान स्थानीय प्रशासनसँग जोड़दार माग गरेका छन् । नगर प्रमुख यादवले फेसबुकमा लेखिएको स्टाटसलाई आधार मानेर झूटो आरोप लगाई अरूको चरित्र हत्या गर्ने प्रवृत्ति अपनाएको उनले बताए।
मेयर यादवले चुनावको समयमा चाइनीज भिक्स लगाएर आँसु झार्दै मतदातासँग विभिन्न आस्वासन दिएका तर ती आश्वासन मध्ये कुनै पनि पूरा नगरेको दाबी गरे। तीन वर्षको अवधिमा रु. १ सय ५० करोडको बजेट प्राप्त भए पनि नगरपालिकामा कुनै पनि उल्लेखनीय विकास नभएको अथवा नदेखिएको भन्दै उनले प्रश्न उठाएका छन् । प्रत्येक वडामा करिब रु. १६ करोड खर्चिएको भनिए पनि त्यो रकम कहाँ खर्च भयो भन्नेबारे पारदर्शिता नभएको साहले पत्रकार सम्मेलन मार्फत बताए। चुनावको समयमा मेयर यादवले यूरिया मल रु. ५०० मा उपलब्ध गराउने, तीन महिनामा खर्चको हिसाब दिने, र पारदर्शी शासन गर्ने जस्ता प्रतिबद्धता जनाए पनि ती वाचाहरू पूरा नभएको त्रिभुवन साहले  बताए। नगरवासीले पटकपटक सूचना माग्दा पनि जवाफ नपाएको र विकासका लागि आश्वासन मात्रै पाएको विषयमा उनले आक्रोश समेत व्यक्त गरे।
सड़क चौड़ीकरणको नाउमा मेयर यादवले बिना मापदण्ड जथाभावी डोजर लगाई घर भत्काउने तथा सोझासाझा नगरबासीहरुलाई बिना कारण दुःख दिईरहेको अवस्थामा उनी माथि कडा कारबाही हुनुपर्ने माग गर्दै स्थानीय प्रशासनलाई जिम्मेवारी बहन गर्न चेतावनी दिए। नगरवासीले मेयर यादवको कामकाजमा व्यापक असन्तोष व्यक्त गरेको र यथाशीघ्र समाधान नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उक्त पत्रकार सम्मेलनले नगरपालिकाको बजेट, पारदर्शिता, र विकासका सवालमा उठेका प्रश्नहरूलाई उजागर गर्दै भ्रष्टाचारविरुद्ध कठोर कदम उठाउन दबाब समेत त्रिभुवन साहले दिए।

अपराधिक उपद्रव मुद्दामा निर्दोष गंगाराम बैठालाई फ़साइयो साथै सम्मानित जिल्ला अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालले बितेको पौष २९ गते बैठालाई थुनछेकको आदेश दियो तर त्यही अपराधिक उपद्रव मुद्दाका एक जना धरहरी निवासीलाई न्यायाधीश अम्बिका प्रसाद दाहालकै माघ २ को निर्णयले तारीखमा रिहा गरियो । यसलाई सर्वसधारणले कस्तो बुझ्ने? न्याय बिकेको होइन र ! यस विषयमा साहले प्रधान न्यायाधीशलाई धयानाकर्षण गराउदै एक किसिमका मुद्दा २९ गते र २ गते भएको निर्णय प्रति असंतुष्टि जनाउदै त्यस्ता न्यायाधीशमाथि छानबीन गरि दोषिमाथि कार्यावाहीको माग गरेका छन।

बौधीमाई नगरपालिकाका मेयर प्रदिप कुमार यादवमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाउँदै आम जनता पार्टीका मधेस प्रदेश कमिटी सचिव श्रीभगवान पटेलले तीव्र आलोचना गरेका छन्। पत्रकार सम्मेलनमा उनले मेयर यादवको कार्यकालमा भएका विभिन्न अनियमितता र वाचा पूरा नगरेको विषयलाई उजागर गरेका छन्।

मेयर यादवलाई निर्वाचनका बेला मतदाताहरुलाई झूटो आश्वासन दिएर भोट लिने र पछि ती वाचाहरू पूरा नगर्दै मतदाताहरुमाथि नै हातपात गर्ने तथा भ्रष्टाचारमा लिप्त भएको पटेलले आरोप लगाए। “मेयरले चाइनीज भिक्स लगाएर आँसु झार्दै हामीलाई विश्वास दिलाए, तर जितेपछि जनता ठग्ने काम मात्रै गरे,” उनले भने।

यसबाहेक, मेयर यादवले सामाजिक सञ्जालमा धम्कीपूर्ण व्यवहार देखाउँदै गोली मार्ने धम्कीसमेत दिएको विषयलाई गम्भीरतापूर्वक उठाए। “प्रहरी, प्रशासन, र न्यायाधीश मेरो मुठ्ठीमा छन् भनेर धाक लगाउने मेयरले नगरवासीको चरित्र हत्या गर्ने प्रयास गरेको उनले बताए।
नगरपालिकामा भएको आर्थिक अनियमितता र विकासको अभावप्रति प्रशासनलाई गम्भीर हुन आग्रह गरे। “यदि हाम्रो माग सम्बोधन गरिएन भने जनताले आन्दोलनको मार्ग अपनाउनेछन्,” उनले चेतावनी दिए।
बौधीमाई नगरपालिकामा भ्रष्टाचारले गर्दा विकासको अभावका कारण जनतामा गहिरो असन्तोष देखिएको छ। श्रीभगवान पटेलको यो आरोपले नगर प्रमुख प्रदिप कुमार यादवको नेतृत्वमाथि थप प्रश्न उठाएको छ। स्थानीय प्रशासन र सरोकारवालाले यसबारे चाँडो कदम चालेन भने यो विषय झन् गम्भीर बन्ने देखिन्छ।

त्यस्तै अर्का आम जनता पार्टीका बौधीमाई नगर कमिटीका अध्यक्ष रामबाबु प्रसाद कुशवाहाले मेयर यादवले नगर भरिका सामुदायिक विद्यालयका बालबालिकाहरुको दिवाखाजाको बजेटमा कमिसन लिने र शिक्षक नियुक्तिमा समेत नियमविपरीत कदम चाल्ने घटिया प्रवृत्तिको नेता भएको आरोप लगाएका छन्।

कुशवाहाका अनुसार नगरपालिकामा नगर भरिका बालबालिकाका लागि छुट्याइएको दिवा खाजाको बजेट समेत मेयर यादवले अनियमितता गरेर आफ्नो स्वार्थका लागि प्रयोग गरेका छन्। “दिवा खाजामा समेत कमिसन लिने मेयरको यो प्रवृत्ति बालबालिकाको हक र शिक्षामा धावा बोल्ने प्रष्ट देखिएको हो। यस्तो घटिया मानसिकताले नगरको विकास सम्भव नभएको उनले बताए।

नगर भरिका सम्पूर्ण १६ वटै सामुदायिक विद्यालयहरुको शिक्षकहरुको सरुवा, प्र.अ. सरुवा तथा प्र.अ. घटुवा त्यति मात्र नभएर स्थायी शिक्षाकलाई हटाएर राजनीतिक चलखेल गरि आफु नजिक पर्ने राहतको शिक्षाकलाई प्र.अ. बनाउने जास्ता कार्यहरु आफ्नो राजनीतिक सिद्ध गर्नलाई मात्र गरेको उनले आरोप लगाए। स्थायी शिक्षकको उपलब्धता हुँदाहुँदै बालशिक्षाका शिक्षकलाई खाता धारिमा राखेर अनियमितता गरिएको कुशवाहाको दाबी छ। “कुन नियमले स्थायी शिक्षक हुँदाहुँदै बालशिक्षाका शिक्षकलाई खाता धारिमा राख्ने अधिकार दिन्छ? यो मेयरको दादागिरी र नियमविपरीत काम गर्ने शैली हो। उनको यस्तै क्रियाकलापले नगरपालिकामा स्वेच्छाचारिता र अनुशासनहीनता हावी भइरहेको कुशवाहाको भनाई रहेको छ।

मेयर यादवले नगरवासीको हितविपरीत काम गर्दै व्यक्तिगत फाइदाको लागि नियमविपरीत निर्णय गर्ने र भ्रष्टाचारलाई संस्थागत गर्ने प्रयास गरेको आरोप लगाए। बालबालिकाको शिक्षा र पोषणजस्तो संवेदनशील क्षेत्रमा समेत भ्रष्टाचार गरेर मेयरले आफ्नो नैतिकता गुमाइसकेको उनले दाबी गरे।

मेयर यादवको भ्रष्टाचार र अनियमितताको छानबिन गरी कडा कारबाही गर्न स्थानीय प्रशासन र सम्बन्धित निकायसँग कुशवाहाले माग गरेका छन।

साथै घटनामा पक्राउ परेका सरमुजवा निवासी गंगाराम बैठा घटना भएको उक्त दिन घटनास्थलमा समेत उपस्थित नरहेको भएपनि राजनीतिक प्रतिशोधका कारण मेयर यादवले थुनामा पठाएको नेकपा एसका जिल्ला कमिटी सदस्य राम विलास बैठाले बताए। मेयर यादवको यस्तो रवैयाले जनता हैरान भएको तथा बिना कारण निर्दोष सोझासाझा जनताहरुमाथि मुद्दा गरि सम्पूर्ण नगरबासीहरुलाई हैरान परेको उनले आरोप लगाए।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*